काठमाडौँ । प्रायः दुई देशलाई ठुला पुलहरूले जोड्ने गर्दछ, जहाँ कडा सुरक्षा प्रबन्ध गरिएको हुन्छ । तर, स्पेनको एल मार्को र पोर्चुगलको भार्जेया ग्रान्डे गाउँलाई जोड्ने एउटा पुल यति सानो छ कि यसले विश्वकै सबैभन्दा छोटो अन्तर्राष्ट्रिय पुलको रेकर्ड बनाउन सफल भएको छ ।
‘एल मार्को’ नामक काठे पुल ६ मिटर लामो छ भनेर १.४५ मिटर चौडा छ । यसलाई तर्दा तपाईँलाई पश्चिमी युरोपको एउटा सानो खोल्सा मात्र तरेको जस्तो लाग्छ तर, तपाईं एउटा देशबाट अर्को देशमा यात्रा गरिरहेको हुनुहुन्छ । यतिमात्र होइन तपाईं अर्को टाइम जोनमा पनि पुग्नुहुन्छ । स्पेनले सेन्ट्रल युरोपियन टाइम (सीईटी/सीईएसटी) र पोर्चुगलले ग्रिनविच मिन टाइम (जीएमटी/बीएसटी) पालना गर्दछ ।
यो पुललाई सन् २००८ मा स्थानीय लागतमा निर्माण गरिएको थियो । सेन्जेन सहमतिका अनुसार दुई देशका नागरिकहरू एक अर्काको देशमा सजिलै आवतजावत गर्न पाउँछन् ।
यस पुलको आकारका कारण यहाँबाट पैदलयात्री र दुई पाङ्ग्रे सवारीमात्र यात्रा गर्न पाउँछन् । यसले धेरै पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ ।
प्रतिक्रिया