झापाको ५८ बिघा जग्गा घोटाला प्रकरणको पेसी हेर्न नमिल्नेमा
_b6GEHTJHdR.jpg)
झापा । झापाको बालुवाटारमा भएको ५८ बिघा जग्गा घोटाला प्रकरणका प्रतिवादी नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झासहितको पेसी हेर्न नमिल्नेमा परेको छ । विशेष अदालतमा न्यायाधीशत्रय टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको थियो । अख्तियारले २०८० फागुन १३ गते गते विशेष अदालतमा तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झासमेत विरुद्ध मुद्दा दायर गरेको थियो ।
तत्कालीन प्रमुख नापी अधिकृत झाले सरकारी जग्गा स्थानीय माओवादी नेता गगन पुरी लगायतको नाममा दर्ता गराइदिँदा आफ्नै श्रीमतीको नाममा समेत राखेको पाइएको हो । मालपोत कार्यालय दमकले २०७५ भदौ १७ गते अख्तियारलाई पठाएको पत्रमा सुरुमा रेवतराज पुरीको नाममा दर्ता गरिएको साबिक दमक–६ को कित्ता नम्बर ३१४९४ वा पुनः कित्ताकाट भई कित्ता नम्बर ३३५२१ बनेको ८ कट्ठा जग्गा तत्कालीन नापी अधिकृत झाले आफ्नी श्रीमती अनारदेवी झाको नाममा दर्ता गराएको उल्लेख छ ।
सुरुमा रेवतराज पुरीको नाममा दर्ता गराइ त्यहाँबाट २०६७ जेठ २१ गते झाले आफ्नी श्रीमती अनारदेवीको नाममा जग्गा ल्याएको रेकर्ड देखिएको छ । तत्कालीन नापी अधिकृत झाको २०७५ साल पुस ७ गते मृत्यु भइसकेको छ । यद्यपि सरकारी जग्गा श्रीमतीको नाममा राखेको र करोडौँको सरकारी सम्पत्ति व्यक्ति विशेषका नाममा दर्ता गर्न सहयोग गरेको भन्दै झाकै सम्पत्तिबाट जफत गर्ने गरी झाविरुद्ध ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसाको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
अख्तियारले झाको मृत्यु भइसके पनि उनले कमाएको वा बढाएको सम्पत्तिको नजिकको हकदार निजकै श्रीमती अनारदेवी झाको समेत बयान लिएको थियो । बयानका क्रममा अनारदेवीले अदालतले शशीकान्त झालाई दोषी ठहर गरेमा तिर्नुपर्ने क्षतिपूर्ति रकम तिर्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक