सरकारहरू पिपलपाते भए : शर्मा

सुर्खेत। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले केन्द्रदेखि प्रदेशका सरकारहरू पिपलपाते भएको टिप्पणी गरेका छन्।
आइतबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालको तेस्रो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीतिक अस्थिरता धेरै भयो, सरकारहरू जता हावा चल्यो उतै ढल्कने पिपलपाते भए,’ उनले भने, ‘यसले धेरै समस्या निम्त्याएको छ।’
अहिलेको आवश्यकता आर्थिक सम्पन्नता भएको बताउँदै शर्माले आर्थिक सम्पन्नता र समाज वर्गविहीन नबनेसम्म सबै पार्टी तथा सङ्गठनको आवश्यकता भइरहने बताए । त्यो कुरा पुरा भएमात्र पार्टी र सङ्गठनको आवश्यकता समाप्त हुने उनले बताए ।
आवश्यक भएसम्म सुदृढ तरिकाले जनताको पक्षमा काम गर्नुपर्ने पनि शर्माको भनाइ छ। दिगो विकासको लक्ष्यअनुसार काम नहुँदा कर्णालीसहित देश नै पछि परेको पनि उनले बताए।
‘कर्णाली समृद्धिको अभियानमा लागौँ भन्दा कुरा मिलिरहेको छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य
-
क्षयरोगका सङ्क्रमित बढ्दै, बागलुङमा हालै भेटिए १७९ जना रोगी
-
कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध