मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
रोचक

८० करोड रुपैयाँमा बिक्यो विश्वकै सबैभन्दा महँगो कुकुर

आइतबार, १० चैत २०८१, १३ : ०१
आइतबार, १० चैत २०८१

काठमाडौँ । भारतका एक कुकुरको ब्रिडर (प्रजनक) ले वास्तविक ब्वाँसो र कौकेसियन सेफर्डको अनौठो क्रस खरिदका लागि ५.८१ मिलियन डलर (करिब ८० करोड नेपाली रुपैयाँ) खर्च गरेका छन् । योसँगै यो विश्वकै सबैभन्दा महँगो कुकर बनेको छ ।

‘काडाबम्ब ओकामी’ नाम दिइएको उक्त कुकुरलाई अमेरिकामा ब्रिड गरिएको थियो । यसलाई इन्डियन डग ब्रिडर्स एसोसिएसनका अध्यक्षसमेत रहेका बैंगलुरुका एस सतिशले खरिद गरेका हुन् ।

सतिशसँग १५० वटा भन्दा बढी कुकुरको प्रजाति रहेको बताइएको छ । यसमा विश्वका दुर्लभ प्रजातिहरू रहेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले ‘काडाबम्ब ओकामी’ का लागि ५.८१ मिलियन डलर खर्च गर्नु उपयुक्त भएको बताए । यो कुकुर मात्र ८ महिनामा ७५ केजी पुगेको छ भने ३० इन्च यसको उचाइ रहेको छ ।

‘यो निकै दुर्लभ प्रजाति हो । यो ठ्याक्कै ब्वाँसो जस्तै देखिन्छ । यो प्रजाति यसअघि विश्वमा बिक्री भएको थिएन,’ सतिशले भने, ‘म धेरै पैसा खर्च गर्छु किनभने यिनीहरू दुर्लभ हुन्छन् । मानिसहरू यसलाई हेर्न उत्साहित हुने भएकाले मैले यसबापत पैसा पनि पाउँछु ।’

सात हेक्टरमा फैलिएको आफ्नो सम्पत्तिमा १५० वटा भन्दा बढी कुकुरका प्रजातिहरू पालेर राखेका छन् । उनले भारत भरका विभिन्न कार्यक्रममा यस्ता दुर्लभ कुकुरहरू लिएर जान्छन् जसका लागि उनले ३ हजार देखि १२ हजार डलरसम्म प्राप्त गर्छन् । उनी कर्नाटकका फिल्म प्रिमियरहरूमा पनि कुकुर लिएर पुग्ने गरेका छन् ।

अडिटी सेन्ट्रल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप