मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

पुष्पा २ पछि सबैभन्दा महँगो अभिनेता बने अल्लु अर्जुन

कति करोडमा गरे ‘ए ६’ को डील साइन ?
आइतबार, १० चैत २०८१, १२ : ५७
आइतबार, १० चैत २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा २ बक्स अफिसमा हाई लेभलको ‘बेन्चमार्क’ स्थापित गरिदिएको छ । यो ऐतिहासिक सफलता पछि अभिनेता आफ्नो अर्काे फिल्म लिएर चर्चामा आएका छन् । अल्लु अर्जुनको यो फिल्म ‘पठान’ निर्देशक एटलीले बनाउँदैछन् ।

यसको नाम हाललाई ‘ए ६’ राखिएको छ । फिल्मबारे नयाँ अपडेट आएको छ । नयाँ अपडेटका अनुसार अल्लु अर्जुनले निर्माताहरूबाट फिल्मबाट ठूलो रकम लिएका छन् । यो पारिश्रमिक लिएपछि उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् । 

अल्लु अर्जुन र एटलीको यो फिल्म बीएफएक्सले भरिपूर्ण ठूलो बजेटको फिल्म हुनेछ । फिल्म रिलिज भएको छैन । तर अभिनेताले यसमार्फत पहिले नै ठूलो रेकर्ड बनाएका छन् । सेलिब्रेटी फ्यान पेजका अनुसार अल्लु अर्जुनले ‘ए ६’का लागि १०० वा १५० करोड भारु नभएर १७५ करोड भारु लिएका छन् । यस फिल्मबाट उनी आज भारतमा सबैभन्दा धेरै पैसा लिने अभिनेता बनेको खबरहरू छापिएका छन् । 

फिल्मको नाफामा पनि हिस्सेदारी

रिपोर्टका अनुसार अल्लु अर्जुनले यस आगामी परियोजनाको लागि प्रोडक्सन हाउससँग १७५ करोड रुपैयाँको सम्झौतामा हस्ताक्षर गरेका छन् । यतिमात्र कहाँ हो र ? उनले फिल्मको नाफामा १५ प्रतिशत हिस्सा पनि पाएका छन् । 

यो सम्झौतासँगै, अल्लु अर्जुन आधुनिक भारतीय सिनेमामा कुनै पनि अभिनेताले हस्ताक्षर गरेको सम्झौता अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रन्ट–एन्ड सम्झौता बनेको छ । एटलीको फिल्म ‘ए६’ मा राजनीति र नाटकको जबरदस्त तड्का देख्न पाइनेछ । 

कहिले होला फिल्मको छायाङ्कन ?

स्रोतका अनुसार अल्लु अर्जुनको यो फिल्मलाई सन पिक्चर्सले निर्माण गरिरहेको छ । यो आगामी दुई महिना भित्र घोषणा हुन सक्नेछ । यतिबेला अन्य स्टार र फिल्मसँग सम्बन्धित विवरणहरू खुलासा गरिनेछ ।

फिल्मका लागि अभिनेताले निर्माताहरूलाई २०२५ को अगष्टदेखि समय दिएको बताइएको छ । यदि यो कुरा साँचो हो भने फिल्मको छायांकन २०२५ को अक्टोबरबाट सुरु हुन सक्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप