सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

काठमाडौँ । सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ । पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो ।
आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय भएको विभागले जनाएको छ । निर्देशक उपाध्यायका अनुसार विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको जानकारी दिइन ।
उपाध्यायका अनुसार यो बिमा एक वर्षका लागि लागु हुनेछ । विभागले कार्तिक तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो । पहिलोपटक ३७ जनाले मात्रै आवेदन दिएपछि दोस्रो पटक पुन: माग गर्दा ९ जनाले आवेदन दिएका थिए ।
पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले वर्षेनी सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गरी बीमा गराईरहेपनि पत्रकारहरूको सहभागिता कम हुँदै गएको प्रति नेपाल पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ । 'केही वर्ष अघि यही कार्यक्रम भित्र एक हजार पत्रकारको बीमा गरिएको थियो' महासंघका सचिव रमेश खतिवडाले भने - 'अहिले त्यो संख्या ४६ मा झर्नु दुखद हो ।'
प्रदेशहरूमा प्रदेश सरकार र जिल्लाहरूमा स्थानीय तहले समेत पत्रकारहरूका लागि बीमा कार्यक्रम लागु गरेका कारण सहभागिता कम भएको खतिवडाले बताए । बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सूचना विभाग र सञ्चार मन्त्रालयसँग छिट्टै छलफल गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य
-
क्षयरोगका सङ्क्रमित बढ्दै, बागलुङमा हालै भेटिए १७९ जना रोगी
-
कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध