ओटीटी प्ले अवार्ड २०२५ : काजलले पाइन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

नयाँ दिल्ली । ओटीटी एप र प्रिमियर एआईमा आधारित ओटीटीप्लले ‘ओटीटीप्ले अवाड्र्स’को तेस्रो संस्करणको आयोजना गरेको छ । शनिबार साँझ मुम्बईमा बलिउड र टिभी स्टारहरूको उपस्थितिमाझ अवार्ड समारोह सम्पन्न भयो ।
‘एक राष्ट्र, एक पुरस्कार’ भन्ने ट्यागलाइनसहित ओटीटी प्ले अवार्ड २०२५ ले फिल्म निर्माता र सार्वजनिक व्यक्तित्वहरूदेखि कलाकारहरूको कठिन परिश्रम र प्रतिभालाई सम्मान गरेको थियो । समारोहमा अभिनेत्री काजोल, मनोज बाजपेयी, अदिति राव हैदरी र हिना खान लगायत धेरै स्टारहरूको सहभागिता थियो ।
ओटीटी प्ले अवार्ड २०२५ मा ‘दो पत्ती’ का लागि काजोलले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । डिस्प्याचका फिल्म लागि मनोज बाजपेयीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । ‘फिर आइ हसीन दिलरुबा’का लागि सन्नी कौशलले फिल्म नकारात्मक भूमिकामा उत्कृष्ट अभिनेताको अवार्ड जिते ।
उत्कृष्ट अभिनेताको हास्य अवार्ड वेब सिरिज ’लभ अन्डर कन्स्ट्रक्सन’का लागि नीरज माधवले जिते । वेब सिरिज ‘ब्ल्याक वारेन्ट’ का लागि राहुल भट्टले उत्कृष्ट सह–अभिनेताको अवार्ड जिते । उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड वेब शृङ्खला ‘डब्बा कार्टेल’ को लागि ज्योतिकालाई प्रदान गरियो ।
यस्तो छ विजेताहरूको पूर्ण सूची:
उत्कृष्ट टक शो होस्टः राणा दग्गुबती (द राणा दग्गुबती शो)
उत्कृष्ट रियालिटी शोः द फ्याबुलस लाइभ्स भर्सेस बलिउड वाइभ्स
उत्कृष्ट ओटीटी डेब्यू (शृङ्खला)ः यक्षिणीके लिए वेधिका
उत्कृष्ट वृत्तचित्र शृङ्खला: द रोशन्स
उत्कृष्ट वेब सिरिजः पञ्चायत सिजन ३
उत्कृष्ट अभिनेत्रीः अदिति राव हैदरी (हीरामण्डीः द डायमंड बजार)
उत्कृष्ट अभिनेताः राघव जुयाल (ग्यारह ग्यारह)
उत्कृष्ट अभिनेता क्रिटिक्स (सीरीज) : जयदीप अहलावत (पाताल लोक सिजन २)
उत्कृष्ट अभिनेत्री क्रिटिक्स (सीरीज): निमिषा सजयान (पोचर)
सर्वश्रेष्ठ निर्देशक (फिल्म): इम्तियाज अली (अमर सिंह चमकिला)
सर्वोत्कृष्ट अभिनेता क्रिटिक्स (फिल्म): अनुपम खेर (विजय ६९ र द सिग्नेचर)
उत्कृष्ट अभिनेत्री क्रिटिक्स (फिल्म): पार्वती थिरुवोथु (मनोरथंगल एण्ड हर)
उत्कृष्ट फिल्मः अली फजल र ऋचा चड्ढा (गल्र्स विल बी गल्र्स)
उत्कृष्ट निर्देशक (सिरिज): निखिल आडवाणी (फ्रीडम एट मिडनाइट) र प्रदीप माद्दाली (विकटकवि)
उत्कृष्ट नन–स्क्रिप्टेड शोः बिमल उन्नीकृष्णन (शार्क ट्याङ्क)
उत्कृष्ट शोरनरः सूरज बरजात्या (बडा नाम करेंगे)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइब्रिड’ मकै नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य
-
क्षयरोगका सङ्क्रमित बढ्दै, बागलुङमा हालै भेटिए १७९ जना रोगी
-
कुलमानलाई हटाउनु लज्जास्पद कुकर्मको पराकाष्ठ : नारायणकाजी
-
१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध