मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

ब्याटले स्टम्पलाई हान्दा पनि किन आउट भएनन् सुनिल नरेन ?

आइतबार, १० चैत २०८१, १२ : ०७
आइतबार, १० चैत २०८१

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलुरुले २ अंक पनि हासिल गरेको छ ।

खेलमा साबिक विजेता कोलकाताले पहिले ब्याटिङ गरेको थियो । जब टोलीका लागि सुनिल नरेनले ब्याटिङ गरिरहेका थिए, उनको ब्याटले स्टम्पमा लागेको थियो । यसका बाबजुद अम्पायरले उनलाई आउट दिएनन् ।

पहिलो इनिङ्सको आठौँ ओभरको चौथो बलमा नरेनको टाउको माथिबाट बल गएको थियो । उनले उक्त बललाई छाडे पनि ब्याट धेरै पछि गएका कारण स्टम्पमा लाग्न पुग्यो ।  लगत्तै, बैंगलुरुका विराट कोहली र रजत पाटिदारले आउटको अपिल पनि गरे । तर, त्योभन्दा अघि लेग अम्पायरले उक्त बललाई वाइड दिइसकेका थिए । अर्थात्, बल पहिले नै डेड भइसकेको थियो ।

यस्तोमा अम्पायरको फैसला नै मान्य हुन्छ । नियमअनुसार बल डेड भइसकेपछि ब्याटरको शरीरको कुनै पनि अंग वा ब्याट स्टम्पमा लागे पनि हिट विकेट दिइँदैन । यदि बल वाइड नभएको भए चाहिँ नरेनलाई आउट दिन सकिन्थ्यो ।

शनिबारको खेलमा ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरे । उनले ब्याटिङ गर्दै २६ बलमा ४४ रन जोडे । यसमा ५ चौका र ३ छक्का सामेल छन् । 

यता बलिङ गर्दा पनि उनले किफायती बलिङ गरेका थिए । उनले ४ ओभरमा मात्र २७ रन खर्चेर एक विकेट लिए । उनको इकोनोमी रेट ७ रनभन्दा कम थियो भने बाँकी सबै बलरहरूको इकोनोमी रेट १० भन्दा बढी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप