मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा प्रोटोनको नयाँ गाडी सार्वजनिक, कति पर्छ मूल्य ?

आइतबार, १० चैत २०८१, १२ : ०२
आइतबार, १० चैत २०८१

काठमाडौँ । प्रोटोनले नेपालमा विद्युतीय सवारी साधन ‘प्रोटोन ई.एमएसएस७’  आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।

  जसले नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्ने कम्पनीको दाबी छ । 

राजधानीको हायात रिजेन्सीमा आयोजित लन्च कार्यक्रममा उक्त गाडी दुई भेरियन्ट  प्राइम र प्रिमियममा उपलब्ध हुने जानकारी दिइयो ।  जसको मूल्य छपन्न लाख उनान्सय हजारदेखि सुरु हुने बताइएको छ ।  यस्तै गाडी छ वटा आकर्षक रङ्गमा उपलब्ध हुनेछ भने जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्नेछ । 

‘प्रोटोन ई.एमएसएस७  दुई ट्रिम लेभलहरू (प्राइम र प्रिमियम) मा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ; प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट’, जगदम्बा मोटर्स प्रा.लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामी यो सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’

अत्याधुनिक सुविधायुक्त गाडी प्रोटोनको नक्साल फ्ल्यागशिप शोरूममा बुकिङका लागि उपलब्ध रहेको सो अवसरमा जानकारी दिइयो । 

ddrd

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप