मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

जुवा खेलिरहेको अवस्थामा नगद ४ लाखसहित १६ जना पक्राउ

आइतबार, १० चैत २०८१, ११ : ५९
आइतबार, १० चैत २०८१

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रुपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप