नेपालमा आइटेल ए ८० सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौँ । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्।
आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। आइपीएस ५४ रेटिङ भएका कारण यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहन्छ।
फोनमा ६.७ इन्चको एचडी+ डट-इन डिस्प्ले छ, जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। ५००० एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ। यूनिसोक टी ६०३ अक्टा-कोर प्रोसेसर सहित ८ जीबी र्याम (४ जीबी + ४ जीबी मेमोरी फ्युजन) र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ।
फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन्। साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि छन्।
यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५.०, एफएम र टाइप-सी कनेक्टिभिटी रहेका छन्। फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ।
आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रंगमा उपलब्ध छ। कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ।
नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैँया तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई
-
बत्ती निभाएर मैनबत्ती बाल्दै रविको साङ्केतिक विरोध
-
हुन्डाई क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आइस सार्वजनिक, तस्बिरहरू
-
सरकार भर्सेस कुलमान : आठ महिना टकराब, ६ वटा स्पष्टीकरणपछि ‘आउट’
-
कुलमान हटाउने निर्णयको सत्तापक्षबाटै विरोध, माओवादी आक्रोशित
-
सरकारको निर्णयविरुद्ध अदालत जान्छु: कुलमान घिसिङ