मणिपालमा राष्ट्रियस्तरको क्विज प्रतियोगिता हुँदै

पोखरा । मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राष्ट्रियस्तरको क्विज प्रतियोगिता हुने भएको छ । शुक्रबार बिहान ८ बजेदेखि मणिपाल शिक्षण अस्पतालको धन्वन्तरी हलमा 'The Quiz Odyssey – MeLeSoN Inter-College Forensic Medicine Quiz Season 3' आयोजना हुन लागेको हो ।
नेपालका सबै मेडिकल कलेजका विद्यार्थीहरूको सहभागिता रहने राष्ट्रियस्तरको उक्त प्रतियोगिता Medicolegal Society Nepal (MeLeSoN) द्वारा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ ।
प्रतियोगिताले विद्यार्थीहरूमा फरेन्सिक मेडिसिनसम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रतियोगिता आयोजना समितिमा रहेका डा. सुधीर रमन पराजुलीले जानकारी दिए ।
कार्यक्रमको तयारी तीव्र गतिमा रहेको र सम्पूर्ण मेडिकल कलेजका विद्यार्थीहरूको सहभागिता रहने उनको भनाइ छ । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल सहभागी टिमलाई क्रमश: रु २५,००० रु १५,००० रु १०,००० को व्यवस्था गरिएको छ। करिब १५ मेडिकल कलेजका १०० भन्दा बढी मेडिकल विद्यार्थीहरू कार्यक्रममा सहभागी हुने पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा