मङ्गलबार, १२ चैत २०८१
ताजा लोकप्रिय

भक्तपुरस्थित पिकनिक स्पटको पार्किङ स्थलमा एकजना मृत फेला

आइतबार, १० चैत २०८१, ११ : ४१
आइतबार, १० चैत २०८१

काठमाडौँ । भक्तपुरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराही स्थित पिकनिक स्पटको पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ वर्गीय ओमप्रकाश राई मृतावस्थामा फेला परेका हुन् । 

कवाडीको सामान टिप्ने काम गर्ने उनी दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । 

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको एक विज्ञप्तिमार्फत जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप