हवाई हमलामा हमासका वरिष्ठ अधिकारीको निधन

रफाह । इजरायलले गरेको गाजाको खान युनुस सहरमा हवाई आक्रमणमा परेर हसासको वरिष्ठ नेताको निधन भएको छ । हमासका एक अधिकारीले आइतबार बिहान बीबीसीलाई यसको जानकारी गराएका हुन् ।
मर्ने नेता समूहका राजनीतिक नेता सलाह अल–बर्दाविल भएको बताइएको छ । स्थानीयहरूले बताएअनुसार आक्रमणमा परेर बर्दाविल र उनको पत्नी दुवै जनाको निधन भएको बताइएको छ । यसबारे इजरायली अधिकारीहरूले तत्कालै कुनै प्रतिक्रिया दिएका छैनन् ।
जनवरी १९ मा भएको युद्धविराम सम्झौतालाई वेवास्ता गरेको आरोप लगाउँदै गएको मङ्गलवारदेखि इजरायलले गाजामा आक्रमण सुरु गरेको छ । योसँगै २ महिनायता केही शान्त रहेको गाजामा पुनः रक्तपात सुरु भएको छ ।
हमासले भने इजरायलको आरोप अस्वीकार गर्दै आएको छ । कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको सम्झौताको उल्लङ्घन गरिरहेको आरोप उसले बरु उल्टै इजरायलमाथि लगाएको छ ।
गएको २४ घण्टामा मात्रै गाजापट्टीका कयौँ स्थानमा ३२ जना प्यालेष्टिनीहरूको मृत्यु भएको एक अधिकारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?