अमेरिकाले सिराजुद्दीन हक्कानी समेत तालिबानका तीन नेतामाथि राखेको इनाम हटाएको हो ?

वासिङ्टन डीसी । अमेरिकाले तालिबानका तीन नेता सिराजुद्दीन हक्कानी, अजिज हक्कानी र याह्या हक्कानीमाथि राखेको इनाम हटाएको बताएको छ । अफगानिस्तानमा तालिबान अधिकारीहरूले यस्तो बताएका हुन् ।
तर, यसबारे अमेरिकाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको रिपोर्ट अनुसार, अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले शनिवार भने कि अमेरिकाले सिराजुद्दीन हक्कानीमाथि घोषणा गरिएको १ करोड डलरको इनाम हटाएको छ ।
उता एफबीआईको वेबसाइटमा भने अफगानिस्तानका कार्यवाहक गृहमन्त्री सिराजुद्दीन हक्कानीमाथि अझै पनि एक करोड डलरको इनाम हरेको छैन । हक्कानीले अफगानिस्तानमा अमेरिकी र गठबन्धन सेना विरुद्ध सीमापार आक्रमणहरूमा भाग लिएको सो वेबसाइटमा भनिएको छ ।
सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजिज हक्कानी र याह्या हक्कानी पनि अमेरिकाको वान्टेडको सूचिमा छन् । ट्रम्प प्रशासन अफगानिस्तानमा कैद गरिएका अमेरिकी नागरिकहरूको रिहाइ सुनिश्चित गर्न प्रयासरत छ । अफगानिस्तानमा दुई दशकदेखि चलिरहेको युद्धमा २ हजार भन्दा बढी अमेरिकी सेवा सदस्यहरू मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै
-
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?