सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय

हार्दिक आईभीएफ सेन्टरमा निःशुल्क आईयूआई सेवा

आइतबार, १० चैत २०८१, १० : २०
आइतबार, १० चैत २०८१

काठमाडौँ । सिनामंगलस्थित  हार्दिक आईभीएफ सेन्टरले आउदो नयाँ बर्ष २०८२ को अवसर पारेर आजदेखि नि:शुल्क आईयुआई सेवा सुरु गरेको छ । सेवा बैशाख ३१ सम्म सञ्चालन हुनेछ । 

आईयुआई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११/९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको सेन्टरले जनाएको छ । अग्रिम नाम दर्ता गराउनेलाई मात्र यो नि:शुल्क सेवा उपलब्ध गराइने सेन्टरको भनाइ छ ।

आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी निशुल्क आईयुआई सेवा गर्न लागिएको बताइएको छ । बाँझोपनको उपचारबारे जनचेतना फैलाउनु र निःसन्तान दम्पतीका समाजिक र मानसिक समस्यासमेत निराकरण गरी आशाका किरण जगाउन यो अभियान सुरु गरेको सेन्टरले जनाएको छ ।  

बाँझोपनको उपचारका लागि आईयूआई (इन्ट्रायुटेरिन इन्सेमिनेसन) प्रभावकारी उपचार प्रद्धति हो । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहन्छ । 

पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा  अस्पष्ट बाँझोपनकोस समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आईयुआई उपचार पद्धति प्रभावकारी मानिन्छ । 

नेपालमा आईयुआइ उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भए पनि सेन्टर सिनामंगलले  नि:शुल्क गर्नेछ । आईयुआई उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने बिश्वास गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप