सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय

एनसेलले ल्यायो ‘सधैँ अन १७९९ रोमिङ’ प्याक, उपचारको समेत सुविधा

आइतबार, १० चैत २०८१, १० : १५
आइतबार, १० चैत २०८१

काठमाडौँ । एनसेलले ‘सधैँ अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । जसले नेपालभर निर्बाध रूपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्ने कम्पनीको भनाइ छ । 

२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड युट्युब, बिमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । 

 

यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्ने पनि एनसेलको भनाइ छ । 

भारत भ्रमणका बेलामा ग्राहकहरूले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यस बाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. १,००,००० सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेत समेट्ने कम्पनीको भनाइ छ । 

करसहित रु. १७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैँ अनका सेवा, सुविधाहरू, रोमिङ सेवा, र बिमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्ने बताइएको छ । 

“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौँ । ‘सधैँ अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरू सहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप