दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

काठमाडौँ । दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ ।
‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने कम्पनीको भनाइ छ ।
यो स्किमअन्तर्गत अब दिपलका ईभीहरु मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ । दिपलको प्रिमियम ईभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी आफ्नो बनाउन सकिने कम्पनीको भनाइ छ ।
यसका अलावा, ग्राहकले फ्लटिंग बेसिसमा ८.९९ प्रतिशत ब्याजदर मा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउनेछन् । ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारीकर्जा पास गर्न व्यवस्था एमएडब्लु वृद्धिले गरेको छ । यो स्किम काठमाडौं नक्सालस्थित मुख्य सोरुम लगायत देशभरका डिलरहरुमा समेत लागू हुन्छ ।
यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ । यो अफर चैत्र ८ गतेदेखि १५ दिनका लागि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक