१७औँ धर्मश्रीको उपाधि उमेश राईको पोल्टामा, उचाले ११ किलोको ट्रफी

काठमाडौँ । गोर्खाली फिटनेसका उमेश राईले धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १७औँ संस्करणको उपाधि जितेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ओभरअलतर्फ उमेशले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जोगाएका हुन् ।
उपाधिसँगै उनले १२ लाख रुपैयाँ नगद पुरस्कार र ११ किलोग्राम वजनको ट्रफी पनि हात पारे । उनले उपाधिसँगै चीन घुम्ने अवसर र अन्य उपहार पनि प्राप्त गरेका छन् । उनी १६औँ संस्करणका विजेता पनि हुन् ।
१७औँ संस्करणमा उपविजेता बनेबापत ललितले ६ लाख रुपैयाँ नगद पुरस्कार हात पारे । तेस्रो स्थानमा रहेका दाङका माधव सुवेदीले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । धर्मश्रीमा दुईपटक उपाधि चुम्ने राई तेस्रो खेलाडी हुन् । यसअघि नरेश महर्जन र सानु गुरुङले दुई–दुईपटक उपाधि जितेका थिए ।
नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश ८० केजीभन्दा माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । ललित धिमाल भने ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।
विभिन्न ६ तौल समूहमा भएको प्रतियोगिताबाट प्रत्येक तौल समूहका विजेता खेलाडीले अन्तिम चरणमा धर्मश्री उपाधिका लागि भिडन्त गरेका थिए । उपाधि भिडन्तको चौथो स्थानमा मसल्स एण्ड फिटनेशका अशिम बाबु रहे । उनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्लाटिनियमका बिनोद सुनुवार पाँचौ स्थानमा रहे । उनले नगद एक लाख ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । छैटौ स्थानमा रहेका नर्भ द फिटनेसका सिदान्त जसरोटियाले ५० हजार रुपैयाँ प्राप्त गरे ।
तौल समूहअन्तर्गत भएको प्रतिस्पर्धामा ६० केजी तौल समूहमा नर्भ द फिटनेश स्टेशनका सिद्धान्त जसरोटियाले प्रथम स्थान हात पारेका थिए । उक्त तौलसमूहमा दोस्रो स्थानमा मेटल फिटनेस कागेश्वरीका किसन दास दिवाकर र तेस्रो स्थानमा बी एन्ड एल फिटनेस स्टेशनका धर्मराज खापुङ रहेका थिए ।
यसैगरी, ६५ केजी तौलसमूहमा मिस्का फिटनेस क्लबका माधव सुवेदी पहिलो, डेयर टु फिट जिमका अजय मलिक दोस्रो र नेपाल व्यायाम मन्दिरका छितिज थापा तेस्रो भएका थिए । ७० केजीमा मसल एन्ड फिटनेसका असिम बाबु गुरुङ पहिलो, नेपाल व्यायाम मन्दिरका आशिष देवा दोस्रो र युआर फिटनेसक उपेश सापकोटा तेस्रो भए ।
यसैगरी, ७५ केजीमा प्लाटिनिम फिटनेशका बिनोद सुनार पहिलो, चितवन फिजिकल फिटनेसका मरिचमान लामा दोस्रो र नेपाल व्यायाम मन्दिरका मनोष श्रेष्ठ तेस्रो भए । ८० केजीमा ग्यालेक्सी फिटनेश सेन्टरका ललित धिमाल पहिलो, व्यायाम मन्दिरका सन्जीव श्रेष्ठ दोस्रो र व्यायाम मन्दिरकै आदित्य ठाकुर तेस्रो भए । उक्त खेलपछि सन्जीवले सन्यासको घोषणा गरे ।
यसैगरी ८० केजीभन्दा माथिको तौल समूहमा उमेश राई पहिलो, व्यायाम मन्दिरका गे्रस महर्जन दोस्रो र व्यायाम मन्दिरका सुवास श्रेष्ठ तेस्रो भए । प्रत्येक तौल समुहमा पहिलोदेखि छैटौँ स्थानसम्म आउने खेलाडीले पनि नगद पुरस्कार पाए ।
महिला बडीबिल्डिङ खुलातर्फको प्रतिस्पर्धामा भक्तपुर डिस्पिराडोकी तारा खाइजु पहिलो भइन् । उक्त स्पर्धामा कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे दोस्रो, डिभाइन फिजिकल फिटनेसकी उर्मिला श्रेष्ठ तेस्रो, प्लाटिनम फिटनेसकी सोफिला शाह कार्की चौथो, डिभाइन फिजिकल फिटनेसकी शिला ठकुरी पाँचौँ र पाटन फिटनेसकी रिपु घर्ती छैटौँ भए ।
मास्टर्स खुलातर्फ नेपाल व्यायाम मन्दिरका किशोर शाही पहिलो भए । काठमाडौँ जिमका राजकुमार शाही दोस्रो र नेपाल व्यायाम मन्दिरकै कृष्णसिंह शाही तेस्रो भए । पुरुष स्पोटर्स फिजिक १७० मूनिको समूहमा पावर फिजिकल फिटनेशका आकाश श्रेष्ठले प्रथम स्थान हासिल गरे ।
उक्त स्पर्धामा एनवाईएफसीका निरल थापा दोस्रो र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो चौथो भए । १७० सेमीभन्दा माथिको समूहमा गोल्ड्स जिमका रमन तुलाधर पहिलो भए । आरएनएफसीका नुरबहादुर कुँवर दोस्रो र नेपाल व्यायाम मन्दिरका शिवकुमार सिंह तेस्रो भए । विजयी खेलाडीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतले पुरस्कार वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन
-
सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो
-
नारायणी नदीमा हाम्फालेकी महिलाको सकुशल उद्दार
-
त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरिएकोप्रति अनेरास्ववियुको आपत्ति
-
प्रेस सेन्टर कर्णाली प्रदेश अध्यक्षमा फेरि शर्मा
-
कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघ फुट्यो, थापाको नेतृत्वमा समानान्तर समिति घोषणा