युक्रेनका लागि स्टार्मरको योजनालाई ट्रम्पका दूतले गरे सिधै अस्वीकार

वासिङ्टन डीसी । बेलायती प्रधानमन्त्री किर स्टार्मरले युक्रेनमा युद्धविरामलाई टेवा दिन अन्तरराष्ट्रिय बल बनाउने योजना बनाएका थिए । तर युक्रेनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष दूतले उनको यो योजना सिधै अस्वीकार गरेका छन् ।
स्टार्मरको योजनालाई स्टिभ विटकोफले ‘ढोंग’ भनेका छन् । उक्त योजना ‘आफूहरू सबै जना विष्टन चर्चिलजस्तै हुनु पर्छ’ भन्ने स्टार्मर र यूरोपका अन्य नेताहरूको सोचमा आधारित भएको पनि उनले बताए । ट्रम्प समर्थक पत्रकार टकर कार्लसनसँगको एउटा अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
आफूलाई रुसी राष्ट्रपति मन परेको भन्दै उनी भ्लादिमिर पुटिनको भने प्रशंसा गरे । ‘म पुटिनलाई नराम्रो मान्छे भन्दिन । उनी निकै चतुर छन् ।’ विटकफले भने । विटकफले १० दिन अघि पुटिनलाई भेटेका थिए । आफूसँग पुटिन निकै दयालु र सच्चा रहेको पनि उनले भने । गएको वर्ष चुनावी अभियानको क्रममा ट्रम्पको हत्या गर्ने प्रयास भएपछि आफूले ट्रम्पको लागि प्रार्थना गरेको भनेर पनि पुटिनले भनेको उनले बताए । उनले आफूलाई ट्रम्पको चित्र उपहारमा दिएको र उनको या उपहारले आफूलाई गहिरो छाप छोडेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’