सनराइजर्स हैदराबादलाई उसैको घरेलु मैदानमा राजस्थान रोयल्सको चुनौती

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो दिन आइतबार दुई खेल खेलिँदै छ । पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्नेछ । यी दुवै टोलीले आईपीएलको १८औँ संस्करणमा आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
उक्त खेल हैदराबादस्थित राजिव गान्धी स्टेडियममा नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ । यसपठक सनराइजर्स हैदराबाद अस्ट्रेलियन खेलाडी प्याट कमिन्सको कप्तानीमा छ । जारी संस्करणमा विदेश खेलाडीलाई कप्तान बनाउने सनराइजर्स हैदराबाद एकमात्र टोली हो । राजस्थान रोयल्स भने रियान परागको कप्तानमा मैदानमा ओर्लने छ ।
हैदराबाद केही बलियो
हैदराबादमा हालसम्म यी दुई टोलीबिच हालसम्म कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । एक खेलमा भने राजस्थानले हैदराबादलाई हराएको छ ।
अघिल्लो सिनको दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले नै राजस्थान रोयल्सलाई हराउँदै उपाधि होडबाट बाहिर पठाएको थियो । आईपीएलको इतिहासमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिच कडा प्रतिस्पर्धा हुने गरेको छ ।
यी दुई टोलीबिच हालसम्म आईपीएलमा कुल २० खेल खेलिएको छ । त्यसमध्ये ११ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ । राजस्थान रोयल्सले भने नौ खेलमा सनराइजर्स हैदराबादलाई हराएको छ ।
दुवै टोलीको नाममा एक–एक उपाधि
यी दुवै टोलीले हालसम्म एक–एक पटक आईपीएलको उपाधि पनि चुमेका छन् । सनराइजर्स हैदराबादले सन् २०१६ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई आठ रनले हराएको थियो ।
यसैगरी, राजस्थान रोयल्सले सन् २००८ मा आयोजित पहिलो संस्करणको उपाधि चुमेको थियो । उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गरेको राजस्थान रोयल्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो ।
बलियो छ हैदराबादको ब्याटिङ
जारी संस्करणमा सनराइजर्स हैदराबादलको ब्याटिङ पक्ष निकै बलियो देखिन्छ । हैदराबादसँग ओपनर ट्राभिस हेड र अभिषेक शर्मासहित पाँचजना प्रभावशाली ब्याट्सम्यान रहेका छन् । निनिष कुमार रेड्डीका रुपमा क्षमतावान अलराउन्डर पनि टोलीमा छन् । हेनरिक क्लासन र ईशान किशनजस्ता मध्यक्रमका प्रभावशाली ब्याट्सम्यान पनि छन् ।
यसका अतिरिक्त हर्षल पटेल, प्याट कमिन्स र मोहम्मद सामीजस्ता उच्चस्तरका बलर पनि हैदराबादको टोलीमा आबद्ध छन् । त्यसैले आईपीएलको १८औँ संस्करणमा सनराइजर्स हैदराबादलाई बलियो दाबेदारका रुपमा पनि हेरिएको छ ।
आर्चर र हसरंगाजस्ता प्रभावशाली बलर
राजस्थान रोयल्समा पनि जोफ्रा आर्चर, वानिन्दु हसरंगा र सन्दीप शर्माका रुपमा प्रभावशाली बलर रहेका छन् । टोलीमा यशस्वी जयसवाल, शिमरोन हेटमायर, रियान परागजस्ता क्षमतावाना खेलाडी पनि टोलीमा आबद्ध छन् ।
नितिष राणा र शुभम दुबेको उपस्थितिले राजस्थान रोयल्सको ब्याटिङ पक्षलाई थप बलियो बनाउनले निश्चित छ । रियान परागले सुरुवाती तीन खेलमा राजस्थान रोयल्सको कप्तानी गर्नेछन् । राजस्थान रोयल्सको नियमित कप्तान भने सञ्जु सामसन हुन् । तर, अघिल्ला तीन खेलमा टोलीको कप्तानी रियान परागले गर्नेछन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबिचको खेल राजिव गान्धी इन्टरनेशन स्टेडियममा खेलिने छ । यो स्टेडियमको पिच खासगरी ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ७७ खेल खेलिएको छ । त्यसमध्ये ३४ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४३ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । त्यसैले यो स्टेडियममा टस जित्ने टोलीले पहिले बलिङ रोज्ने सम्भावना देखिन्छ ।
छैन वर्षाको सम्भावना
राजस्थान रोयलस र सनराइजर्स हैदराबादबिच खेल हुने दिन आइतबार हैदराबादको मौसम सफा रहने बताइएको छ । वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खेल हुने समयमा हैदराबादमा निकै गर्मी हुनेछ । आइतबार हैदराबादको तापक्रम २३ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।
सम्भावित टोली
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिष रेड्डी, हेनरिक क्लासन (विकेटकिपर), अभिनव मनोहर, अनिकेत वर्मा, कामन्दिु मेन्डिस वा एडम जाम्पा, हर्षल पटेल, मोहम्मद सामी र राहुल चाहर ।
राजस्थान रोयल्स : रियान पराग (कप्तान), यशस्वी जयसवाल, सञ्जु सामसन, निनिष राणा, शिमरन हेटमायर, ध्रुव जुरेल (विकेटकिपर), वानिन्दु हसरंगा, जोफ्रा आर्चर, आकाश मधवाल, सन्दीप शर्मा, महिष तिक्षणा र फजलहक फारुकी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव –२०२५’
-
ट्रम्पकी पूर्व बुहारीसँग सम्बन्धमा छन् टाइगर वूड्ज
-
'देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली चाहिन्छ'
-
ओली, देउवा र प्रचण्डबिच सिंहदरबारमा छलफल
-
गणतन्त्र र राजावादी आन्दोलनमा होमिँदा कांग्रेस किन मौन ?
-
भारतमा टर्यो ठुलो विमान दुर्घटना, हिमाञ्चलका उपमुख्यमन्त्री थिए सवार