लेबनानमाथि इजरायलले गर्यो हवाई आक्रमण
बेरुत । इजरायलले लेबनानमाथि हवाई आक्रमण गरेको छ । लेबनानबाट इजरायलमाथि केही रकेट हमला भएपछि प्रतिकारमा उसले पनि यस्तो आक्रमण गरेको हो । आफूले दक्षिणी लेबनानमा रहेको दर्जनौँ रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ ।
इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू सहित धेरै सशस्त्र समूहहरू सक्रिय छन् ।
तर इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी कसैले पनि लिएको छैन । इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमास विरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो ।
इजरायली शहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै हताहत नभएको इजरायली सेनाले उत्तरी बताएको छ । यी आक्रमणहरूबाट आफूलाई टाढा राखेको र यसमा आफ्नो कुनै भूमिका नभएको हिजबुल्लाहले भनेको छ । आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको समूहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
रोस्टममा पुगेका सांसदले अर्कै विधेयकको नाम पढेपछि...
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला