एमसीसी नेपाल कम्प्याक्टका केही कार्यक्रम अगाडि बढाउन अमेरिकाको अनुमति
आइतबार, १० चैत २०८१, ०८ : ०५

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ।
यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने सङ्केत नगर्ने बताइएको छ ।
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेका छन् ।
कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको एमसीए–नेपालले बताएको छ ।
अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गर्ने काम भइरहेको एमसीए–नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा टर्यो ठुलो विमान दुर्घटना, हिमाञ्चलका उपमुख्यमन्त्री सवार
-
राष्ट्रपतिसँग भेट्न शीतलनिवास पुगे प्रचण्ड
-
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
-
६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
-
भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित
-
सकियो ‘जेरी अन टप’को छायांकन, बाँकी दुई गीत दक्षिण भारतमा खिचिने