खाने तेलको आयात, निर्यात अस्वाभाविक

काठमाडौँ । पछिल्लो समय खाने तेलको आयात र निर्यात अस्वाभाविक रूपमा बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा चालु वर्षमा खाने तेलमध्ये भटमास, पाम, जैतुन, तोरी, सनफ्लावर, नरिवल माछाको तेल, मकै, आलसमेत गरी नौ किसिमका तेल आयात बढेको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, अमेरिका, थाइल्यान्डलगायत मुलुकबाट ८० अर्ब ३६ करोड ७१ लाख ५८ हजार रुपैयाँको तेल आयात भएको छ ।
उक्त परिमाणमा तेल आयात हुँदा ६ अर्ब ८४ करोड ४९ लाख २० हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
गत वर्षको तुलनामा चालु वर्षमा ४८ अर्ब ६९ करोड २५ लाख ३२ हजार रुपैयाँ तेल आयात बढेको देखिन्छ ।
अघिल्लो वर्षको यसै अवधिमा ३१ अर्ब ६७ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको तेल आयात भएको थियो । सो परिमाणमा आयात हुँदा ६ अर्ब २६ करोड ५१ लाख ५२ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।
कुन तेल कति आयो ?
आठ महिनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा ठुलो परिमाणमा भटमासको तेल आयात भएको छ । सो अवधिमा ५१ अर्ब ४१ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको उक्त तेल आयात भएको हो । यसैगरी दोस्रो ठुलो परिमाणमा २० अर्ब ४८ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको सनफ्लावर तेल आयात भएको छ ।
यसैगरी तेस्रोमा ८ अर्ब २१ करोड १७ लाख ८ हजार रुपैयाँको पाम तेल, १४ करोड ९७ लाख ६ हजार रुपैयाँको जैतुन तेल, ६ करोड ६३ लाख ६२ हजार रुपैयाँको नरिवलको तेल, २ करोड ४९ लाख ९६ हजार रुपैयाँको तोरीको तेल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै १ करोड १३ लाख ७८ हजार रुपैयाँको मकैको, ६० लाख ७० हजार रुपैयाँको माछाको र ८२ हजार रुपैयाँको आलसको तेल आयात भएको हो ।
यस्तो छ तेल आयातको अवस्था :
आयातको तुलनामा निर्यात थोरै
बाहिरी मुलुकबाट ठुलो परिमाणमा तेल आयात भएर सानो परिमाणमा मात्रै निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु वर्षको फागुन मसान्तसम्म ५७ अर्ब ८२ करोड ५९ लाख १ हजार रुपैयाँको तेल निर्यात भएको छ । आयातको तुलनामा करिब २२ अर्ब ५४ करोड १२ लाख ५७ हजार रुपैयाँले निर्यातमा कमी भएको देखिन्छ ।
यस्तै अघिल्लो वर्षको यसै अवधिमा ५ अर्ब ५६ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको तेल निर्यात भएको थियो । अघिल्लो वर्ष आयातको तुलनामा २८ अर्ब ५४ करोड २४ लाख ५९ हजार रुपैयाँले निर्यातमा कमी देखिएको उल्लेख छ ।
अघिल्लो वर्षको तुलनामा निर्यात ११ गुणाले बढ्यो
तर गत वर्षको तुलनामा चालु वर्षमा निर्यात ११ गुणाले बढेको देखिन्छ । विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा चालु वर्षमा ५२ अर्ब २६ करोड ३७ हजार रुपैयाँले निर्यात बढेको देखिन्छ । गत वर्षको फागुन मसान्तसम्म ५ अर्ब ५६ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको तेल निर्यात भएको थियो । चालु वर्षको फागुन मसान्तमा ५७ अर्ब ८२ करोड ५९ लाख १ हजार रुपैयाँको तेल निर्यात भएको छ ।
कुन तेल कति निर्यात ?
२०८१ साउनदेखि फागुन मसान्तसम्ममा भन्सार विभागको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भटमासको तेल ४७ अर्ब ९५ करोड ८ लाख ७३ हजार रुपैयाँको निर्यात भएको छ ।
यसैगरी ७ अर्ब ९८ करोड २३ लाख ५२ हजार रुपैयाँको सनफ्लावर तेल, १ अर्ब १७ करोड ४५ लाख ९ हजार रुपैयाँको पाम तेल र २५ करोड २३ लाख ६० हजार रुपैयाँको तोरी, रायोको तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
आयात–निर्यात बढ्नुको कारण
भारतमा अन्य मुलुकबाट भित्रिने तेलको भन्सार दर भने भारतले गत भदौमा थप २० प्रतिशत बिन्दुले बढाएको छ । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा तेलमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको छ । नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादित वस्तुले भारतीय बजारमा भन्सार शुल्क लाग्दैन ।
साथै नेपाली उद्योगी व्यवसायीले भाततर्फ निर्यात गर्दा अग्रिम भुक्तानी हुने भएकाले व्यवसायीहरुले विभिन्न मुलुकबाट आयात गरी निर्यात गरिरहेका छन् । अहिले अमेरिका, अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयातित कच्चा तेल रिफाइन गरेर निर्यात गरिएको व्यवसायीहरूको भनाइ छ ।
चालु वर्षको ८ महिनाको अवधिमा खाने तेल निर्यातको ठुलो हिस्सा भारत भएको देखिन्छ । कुल निर्यातमध्ये ३२ लाख ४० हजार रुपैयाँको तेल अस्ट्रेलिया, क्यानडा अमेरिका र डेनमार्क गएको भएको देखिन्छ ।
बाँकी सबै भारतमा ५६ अर्ब ५६ करोड ३ लाख ६ हजार रुपैयाँ बराबरको तेल निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यसमध्ये ४७ अर्ब ९४ करोड ६६ लाख ८६ हजार रुपैयाँको २५ हजार लिटर र २२ करोड ८५ लाख ४७ हजार ७७४ किलो भटमासको तेल निर्यात भएको छ ।
यसैगरी १ अर्ब ६४ करोड ३ लाख १७ हजार रुपैयाँको ९२ लाख ४८ हजार ३५ लिटर पाम तेल, ७ अर्ब ९८ करोड २३ लाख ५२ हजार रुपैयाँको ३ करोड ५० लाख ५० लिटर सलफ्लावर तेल र २४ करोड ९५ लाख ३८ हजार रुपैयाँ बराबरको १३ लाख ५५ हजार १२ लिटर तोरीको तेल भारततर्फ निर्यात भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित
-
सकियो ‘जेरी अन टप’को छायांकन, बाँकी दुई गीत दक्षिण भारतमा खिचिने
-
एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने
-
एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई हरायो, फाइनल पुग्ने सम्भावना कायमै
-
एक सातापछि नेप्सेमा हरियाली, कतिको भयो कारोबार ?
-
भैरहवा र नेपालगन्ज भन्सार कार्यालयको ८ महिना राजस्वको अवस्थाः बार्षिक लक्ष्यमा पुग्न कठिन हुने संकेत