भैँसी बाँध्ने क्रममा चट्याङ लागेर एकको मृत्यु
आइतबार, १० चैत २०८१, ०७ : २०

सुर्खेत । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् ।
शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी चैत्र १२ गते हुने विज्ञान विषयको मात्र एसइई ग्रेडबृद्धी परीक्षाको तयारी गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?