वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ ।
कार्यालयले गत साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो । असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी, गत मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड र फागुनमा रु चार अर्ब ६८ करोड राजस्व सङ्कलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित
-
सकियो ‘जेरी अन टप’को छायांकन, बाँकी दुई गीत दक्षिण भारतमा खिचिने
-
एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने
-
एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई हरायो, फाइनल पुग्ने सम्भावना कायमै
-
एक सातापछि नेप्सेमा हरियाली, कतिको भयो कारोबार ?
-
भैरहवा र नेपालगन्ज भन्सार कार्यालयको ८ महिना राजस्वको अवस्थाः बार्षिक लक्ष्यमा पुग्न कठिन हुने संकेत