इतिहासको अन्त्य : के थियो फुकुयामाको विचार ?

सन् १९८९ मा अमेरिकी विदेश मन्त्रालयमा कार्यरत एकजना नीतिगत मामिलाका विज्ञले एउटा लामो आलेख लेखे । आलेख दक्षिणपन्थतर्फ झुकाव राख्ने अन्तर्राष्ट्रिय मामला सम्बन्धी अखबार ‘द नेसनल इन्ट्रेस्ट’ मा ‘इतिहासको अन्त्य ?’ शीर्षकमा छापिएको थियो । लेखकको नाम थियो फ्रान्सिस फुकुयामा ।
त्यो लेखले एकाएक विश्वभर तहल्का पिट्यो । विवादको घेरामा पनि तानियो । उनले तत्कालै त्यो १८ पृष्ठको लेखलाई पुस्तकमा विस्तार गर्ने सम्झौता गरे । उनले सन् १९९२ मा ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ नामको पुस्तक प्रकाशन गरे । पुस्तक आफैले इतिहास (अन्त्य !) बनायो ।
फुकुयामा यस्तो प्राज्ञिक व्यक्ति हुन् पुगे उनको पुरै कामलाई एउटै पदावलीमा भन्न सकिन्थ्यो: इतिहासको अन्त्य । यो पदावली सम्भवतः असाध्यै कम बुझिने र ज्यादै धेरै चर्चा पाएको दुर्लभ पदावलीमध्ये एक बन्न पुग्यो ।
सामान्य रूपमा बुझ्नुपर्दा ‘इतिहासको अन्त्य’ भनेर फुकुयामाले ऐतिहासिक महत्वका सन्दर्भहरू आउनै छोड्ने चरणमा प्रवेश गरेको भनेका थिएनन् । वा सबै ज्वलन्त राजनीतिक समस्याहरू एकाएक समाधान भएर जानेछ पनि भनेका थिएनन् ।
उनको तर्क अनुसार इतिहासमा विकासको क्रममा यस्तो अवस्थामा आयो, भलै त्यो आफ्नो सुरुवात कालमै किन नहोस् आदर्श स्वरूपको राजनीतिक संगठन प्राप्त भइसकेको बताए । उनका अनुसार बजार अर्थतन्त्रसँग अनन्य रूपमा जोडिएको उदार लोकतान्त्रिक राज्य नै उच्चतम बिन्दु हो ।
फुकुयामाले यहाँ ‘इतिहास’ शब्दको प्रयोग अलि पृथक् अर्थमा लेखेका हुन् । उनले लगभग समाजशास्त्रमा प्रयोग हुने ‘आधुनिकीकरण’ वा ‘विकास’ भन्ने शब्दको पर्यायवाचीका रूपमा त्यसको प्रयोग गरेका हुन् ।
उनका अनुसार उदार लोकतन्त्र दाबी गरिरहेका राज्यहरूले त्यो उच्चतम आदर्श हासिल गरिसकेका छन् भन्ने होइन । न त उनी ती राजनीतिक संगठनहरूले सबै सम्भावित समस्या हल गरिसके नै भन्दै थिए । उनका अनुसार आफ्ना तमाम कमजोरीका बाबजुद अब उदार लोकतन्त्र अपराजय आदर्श भइसकेको छ भने ।
धेरै मानिसले फुकुयामाले खास प्रकारको सरकारको मोडेललाई साह्रै महिमा मण्डन गरेकोमा आलोचना गरेका छन् । तर, असाध्यै धेरैले गरेको यस्तो आलोचना अलिक गलत छ । फुकुयामाले पटक–पटक अमेरिकाको असफलता औँल्याएका छन् ।
उनका लागि उदार लोकतान्त्रिक राज्य हुन तीनवटा अवस्था चाहिन्छ । पहिलो, त्यो राज्य लोकतान्त्रिक हुनुपर्छ । लोकतन्त्रको अर्थ चुनाव गराउनु मात्रै होइन । ती निर्वाचनबाट आएको परिणामले जनताको इच्छा कार्यान्वयन गराउनु पर्छ । दोस्रो, त्यस्ता राज्यसँग कानुन लागू गराउने तथा सेवा प्रवाह गर्न चाहिने मात्रामा पर्याप्त शक्ति र प्राधिकार हुनुपर्छ । र, तेस्रो, राज्य आफैमा पनि कानुनको मातहतमा हुनुपर्छ । यसका कुनै पनि नेता कानुन भन्दा माथि हुनु हुँदैन ।
अहिले स्टान्फोर्ड विश्वविद्यालयका प्राध्यापक रहेका फुकुयामाले केही अघि ‘द एटलान्टिक’ पत्रिकामा लेख लेखेका छन् । जसमा उनी आफ्नो विचारमा अझै दृढ देखिन्छन् । उक्त लेखमा उनी भन्छन्– रुस र चीन जस्ता अनुदार मुलुकले उदार लोकतन्त्र मृत भई सकेको बताएता पनि ती देश दुई तरिकाले अझै कमजोर नै देखिन्छन् ।
उनका अनुसार पहिलो हो, त्यस्ता मुलुकहरू एउटै नेता वा सानो नेतृत्व समूहमा भर परेका छन् । दीर्घकालमा यसले खतरनाक निर्णयमा पुर्याउने निश्चित प्रायः छ । दोस्रो, राजनीतिक प्रक्रियामा आमजनताको सहभागिता नभए पछि त्यस्ता नेतालाई हुने साथ र समर्थन अस्थिर हुन्छ । जुनसुकै बेला त्यस्ता नेताहरू समर्थन गुमाउन सक्छन् ।
हेगेल र अन्य विचारकको प्रभाव
‘इतिहासको अन्त्य’ भन्ने वाक्यांश खासमा फुकुयामाले बनाएका होइनन् । यसको जरो खोज्दै जाँदा हामी दर्शनको इतिहासमा पुग्छौँ । त्यसमा हामीले जर्मन दार्शनिक जर्ज विल्हेल्म फ्रेडरिक हेगेल (सन् १७७०–१८३१) भेट्छौँ । यो वाक्यांशका रचनाकार हेगेल हुन् । त्यसको आधुनिक व्याख्याता कार्ल मार्क्स (सन् १८१८–१८८३) हुन् । यही सूचीमा रुसमा जन्मेका फ्रान्सेली दार्शनिक तथा नेता अलेक्सान्द्रे कोजेभे (सन् १९०२–१९६८) पनि आइपुग्छन् । ‘इतिहासको अन्त्य’ भन्ने वाक्यांशलाई राम्रोसँग बुझ्न हामीले यी चिन्तकहरूलाई पनि बुझ्नुपर्ने हुन्छ ।
हेगेल इतिहासको ‘टेलोस’ वा लक्ष्य हुन्छ भन्थे । इतिहासको अन्तिम बिन्दु पूर्ण रूपमा तार्किक र न्यायपूर्ण राज्यको उदयमा पुगेर हुन्छ भन्ने मान्थे । त्यस्तो राज्यले मान्छेको सम्पूर्ण क्षमताको विकास गर्न आवश्यक सबै स्वतन्त्रता सुनिश्चित गर्छ भन्ने मान्थे । यस्तै धेरै राज्यहरू मिलेर सदा शान्ति कायम हुन्छ भन्ने उनको बुझाई थियो ।
कोजेभेका अनुसार हेगेलले यस्तो इतिहासको अन्त्य फ्रान्सको राज्य क्रान्ति र यसले गरेको समानता र स्वतन्त्रताको विचारको विश्वव्यापीकरणमा देखेका थिए ।
फुकुयामाको विचार जर्मनीको आदर्शवादी ढाँचाबाट आएको हो । हेगेल र मार्क्स जस्ता चिन्तकले उपयोग गरेको यस दृष्टिकोणले राज्यविहीन मान्छे, यातना तथा नरसंहार जस्ता इतिहासमा भएका निर्मम घटनाहरूलाई खास ऐतिहासिक वैश्विक प्रगतिको कथाको अर्थमा सामान्यीकृत गरेको आरोप लाग्ने गरेको छ ।
फुकुयामाले कोजेभेलाई सही ठहर्याए: विभिन्न फासीवादी तथा साम्यवादी प्रयासका बाबजुद फ्रान्सेली गणतन्त्र उन्नत हुन सकेको थिएन । भलै विविध कारण क्रान्तिका आदर्शहरू पूर्ण रूपमा लागु हुन सकेका थिएनन् । तथापि ती आदर्शहरू यति सशक्त रूपमा आउन थाले बिस्तारै तिनीहरू अपराजय हुन पुगे ।
फुकुयामाका लागि हेगेलको दुर्भाग्य भनेको उनलाई २०औँ शताब्दीका धेरै बौद्धिकहरूले मार्क्सको अगुवा वा अग्रदूत ठानिदिए । मार्क्स त्यस्ता चिन्तक थिए जसका लागि ‘इतिहासको अन्त्य’ विचारले नभएर भौतिक संगठनले निर्धारण गर्थ्यो ।
मार्क्सको विचारमा इतिहासको विकास विश्व साम्यवादमा पुग्थ्यो । त्यसका केही खास विशेषता हुन्छन् । मान्छेले मान्छेको शोषण गर्ने अवस्था अन्त्य हुन्छ । निजी सम्पत्तिको विघटन हुन्छ । मानसिक र भौतिक श्रमबिचको विभाजन मेटिएर जान्छ । यस्तो प्रणालीको उदय हुन्छ जहाँ प्रत्येक व्यक्तिले ‘आफ्नो क्षमता अनुसार’ योगदान गर्छ र ‘आफ्नो आवश्यकता अनुसार’ उपभोग गर्छ ।
सन् १९८० को दशकको अन्त्यतिर आइपुग्दा फुकुयामा र उनका केही सहकर्मीले मार्क्सवादी ‘इतिहासको अन्त्य’ मा आशंका गर्न थाले । मिखाइल गोर्बाचोभको नेतृत्वमा रहेको रुसी कम्युनिस्ट पार्टी ‘पेरेस्त्रोइका ग्लासनोस्त’ (पुनर्निर्माण र खुलापन) को नाममा शृंखलाबद्ध सुधारको बाटोमा लागेको थियो ।
उनीहरू योजनाबद्ध अर्थतन्त्रको परिधिभित्रै रहेर पनि नाफा खोज्ने र व्यवसायीकरण गर्ने खालको अर्थतन्त्रको विस्तार समेत गर्दै थिए । यी लोकतान्त्रीकरण र उदारीकरणको दिशाका सुधारहरू ‘पूर्वी ब्लक’ मा भएका सर्वसत्तावादी प्रवृत्ति र अर्थतन्त्रको दीर्घकालीन ठहरावले निम्त्याएका प्रतिक्रिया थिए । तीनले अन्ततः सन् १९९१ को अन्त्यतिर सोभियत संघको विघटन निम्त्याए ।
कमजोरीहरू
धेरै मानिसले फुकुयामाले खास प्रकारको सरकारको मोडेललाई साह्रै महिमा मण्डन गरेकोमा आलोचना गरेका छन् । उनीहरूका अनुसार फुकुयामा बेलायतको व्हिग पार्टी जस्तो प्रवृत्ति राख्छन् । उनी अमेरिकी सरकारको मोडेललाई आधुनिक राज्यको उत्कृष्ट स्वरूप मान्छन् ।
तर, असाध्यै धेरैले गरेको यस्तो आलोचना अलिक गलत छ । फुकुयामाले पटक–पटक अमेरिकाको असफलता औँल्याएका छन् । खास गरेर उदारवादको नवउदारवादमा पतनको उनी विरोध गर्छन् । पछिल्लो समय रिपब्लिकन पार्टीले लिएको लोकप्रियतावादी राष्ट्रवादलाई उनी विनाशकारी मान्छन् । उनी यो शृंखलालाई टर्कीमा तैयप एर्दोगान र हंगेरीमा ओर्वानको उदय जस्तै अनुदार मान्छन् ।
‘इतिहासको अन्त्य’ भन्ने वाक्यांश खासमा फुकुयामाले बनाएका होइनन् । यसको जरो खोज्दै जाँदा हामी दर्शनको इतिहासमा पुग्छौँ । त्यसमा हामीले जर्मन दार्शनिक जर्ज विल्हेल्म फ्रेडरिक हेगेल, कार्ल मार्क्स र फ्रान्सेली दार्शनिक अलेक्सान्द्रे कोजेभेसम्म पुगिन्छ ।
‘द इन्ड अफ हिस्ट्री’ मा फुकुयामाले प्रस्तुत गरेको मूल विचार अनुसार उत्कृष्ट र अन्तिम राजनीतिक प्रणाली हासिल भइसकेको छ भन्ने होइन । तर, उदार लोकतन्त्र सम्भव भएसम्मको सबैभन्दा उत्तम मोडेल हुन सक्छ । यो मामलामा उनी सही हुन सक्छन् । तर, त्यसमा ठुलो समस्या भने विस्तारमा पढ्दै जाँदा भेटिन्छ । जसलाई उनले मौनतासाथ यत्तिकै छोड्न खोजेको हो कि भन्ने भान पनि हुन्छ ।
यो कुरा उनी पनि मान्न तयार छन् । जस्तै उनले उदार लोकतान्त्रिक राज्यहरूमा राज्यको शक्ति र जनताको स्वतन्त्रताको बिचमा संघर्ष हुँदा कसरी समाधान गर्ने भन्ने बारेमा असाध्यै न्यून सुझाव दिएका छन् ।
बलियो राज्यले मात्रै आफ्नो जनादेश कार्यान्वयन गर्न सक्छ । तर, जब जनादेश कार्यान्वयनको कुरा नागरिकको स्वतन्त्रतासँग जुध्ने अवस्था आउँछ त्यस बेला के हुने भन्ने प्रस्ट छैन ।
यस्तो अवस्थामा फुकुयामा ‘सन्तुलन’ कायम गर्ने सल्लाह दिन्छन् । हामीलाई त्यस्तो बेला के को आधारमा परिस्थितिको विश्लेषण गर्ने भन्ने अन्योल आइपर्छ । अझै, ‘विस्तार’ मा जाँदा यस्ता आधारभूत समस्या समाधान गर्न लाग्दा धेरै विरोधाभासको सामना गर्नुपर्ने हुन्छ । फुकुयामाको कृति मूलरुपमा आम समस्याको विषयमा जोड दिन्छ । त्यसमा विशिष्ट समस्याहरू धेरै उल्लेख भएको छैन ।
फुकुयामाको विचार जर्मनीको आदर्शवादी ढाँचाबाट आएको हो । हेगेल र मार्क्स जस्ता चिन्तकले उपयोग गरेको यस दृष्टिकोणले राज्यविहीन मान्छे, यातना तथा नरसंहार जस्ता इतिहासमा भएका निर्मम घटनाहरूलाई खास ऐतिहासिक वैश्विक प्रगतिको कथाको अर्थमा सामान्यीकृत गरेको आरोप लाग्ने गरेको छ । फुकुयामाका बुझाइमा पनि यो समस्या भेटिन्छ । सम्भवतः यो संयोग मात्रै नहुन सक्छ ।
हामीले अहिले जे देखिरहेका छौँ त्यो स्यामुअल हन्टीङ्टनले भने जस्तै ‘प्रतिगमनको अस्थायी लहर’ हो कि अब हामी २०औँ शताब्दीको अन्त्यतिर देखिएको आशावाद भन्दा पछाडि फर्किँदै छौँ ?
यहीँनेर हामीले ख्याल गर्नुपर्ने कुरा छ । फुकुयामाले प्रशंसा गर्ने गरेका उदार लोकतान्त्रिक राज्यहरू विरलै मात्रै उदार वा लोकतान्त्रिक तरिकाबाट स्थापित छन् । पछिल्लो समय विभिन्न मुलुकमा जबरजस्ती उदार लोकतन्त्र ‘निर्यात’ गर्ने प्रयासहरू उल्टै अस्थिरता र पहिलेभन्दा खराब तानाशाहको कब्जामा पुगेका धेरै उदाहरण छन् ।
पछिल्लो समय निकारागुआदेखि सुडान, बर्मा हुँदै इरानसम्म उदाएका अधिनायकवादी शासनहरू र तिनीहरूको सफलता (स्थिरताको अर्थमा होइन) ले त सन् १९८० को दशकमा लोकतन्त्रको पक्षमा देखाएको आशावादी लहर देखाएको छैन । यस्तो किन भयो भन्नेबारे फुकुयामा स्पष्ट केही भन्दैनन् ।
पछिल्लो समयको संयम अडान
फुकुयामा आज पर्यन्त आफ्नो अडानमा कायम छन् । तर, आफ्नो मूल लेखमा भएको विषयमा उनी धेरै मुखर छैनन् । संयम छन् । उनी राजनीतिक संगठनको उच्चतम रूप उदार लोकतान्त्रिक राज्य हो भन्नेमा अझै विश्वस्त छन् । तर हामीले बाँचिरहेको युगमा उदार लोकतन्त्रको सर्वत्र तत्काल विजयबारे भने उनी आशावादी मात्रै लाग्छन् ।
सन् २०२१ को एउटा अन्तर्वार्तामा नर्वेली राजनीतिक इतिहासकार माथिल्डे सी. फास्टिङ ङले फुकुयामालाई केही कठोर प्रश्न गरेका थिए । जसमा लोकप्रियतावादको विश्वव्यापी उदयको लहर, स्ट्यान्डफोर्ड विश्वविद्यालयका ल्यारी डायमन्डका शब्दमा ‘लोकतन्त्रको मन्दी, विश्वव्यापी रूपमा लोकतान्त्रिक व्यवस्थाको घट्दो संख्या, बेलायत र अमेरिका जस्ता लोकतान्त्रिक व्यवस्था कायम रहेकै मुलुकमा पनि लोकतान्त्रिक संरचनामा देखिएको क्षयीकरण लगायतबारे सोधिएको थियो:
फास्टिङः हामीले अहिले जे देखिरहेका छौँ त्यो स्यामुअल हन्टीङ्टनले भने जस्तै ‘प्रतिगमनको अस्थायी लहर’ हो कि अब हामी २०औँ शताब्दीको अन्त्यतिर देखिएको आशावाद भन्दा पछाडि फर्किँदै छौँ ?
फुकुयामाः मलाई लाग्छ हामी आजकै दिनमा यो प्रश्नको जवाफ दिन सक्दैनौ । हो ! निश्चय पनि कसैले यसको जवाफ दिन सक्दैन । विज्ञानको रूपमा राजनीतिक भविष्य विज्ञान अर्थशास्त्र भन्दा पनि माथिल्लो स्तरको निराशाजनक विज्ञान सिद्ध भएको छ ।
(फ्लेमिङ वेस्टर्न सिडनी विश्वविद्यालयमा रहेको स्कुल अफ ह्युमनिटिज एण्ड कम्युनिकेशन आर्टस्का सह–प्रध्यापक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डले भन्यो– अमेरिकी अधिकारीको आसन्न भ्रमण ‘अति नै आक्रामक’
-
प्रेस चौतारी महाधिवेशनः मतदानको समय नै नदिई निर्वाचन तालिका सार्वजनिक
-
कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना मनोनीत
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल
-
‘महाभोज’को लागि निश्चलले गाए ‘लालुमै’ गीत
-
कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघमा चम्लागाईं निर्वाचित (सूचीसहित)