सूर्यनारायणको बार आज कसलाई कति लाभ ?

आज विक्रम संवत २०८१ साल चैत्र १० गते, आइतबार । ईश्वी सन् २०२५ मार्च २३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–नवमी, ४७ घडी २८ पला, रातको १ बजेर ६ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाषाढा, ४५ घडी २६ पला, रातको १२ बजेर १७ मिनेट उप्रान्त उत्तराषाढा । योग–वरियान, २० घडी ४५ पला, दिउसो २ बजेर २५ मिनेट उप्रान्त परिध । करण–तैतिल, दिउँसो १ बजेर ४ मिनेट उप्रान्त गर, रातको १ बजेर ६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १५ मिनेट । दिनमान ३० घडी २३ पला ।
आजको बार बेला
बिहान ०६ बजेर ७ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ८ मिनेटदेखि बिहान ७ बजेर ३८ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ३९ मिनेटदेखि बिहान ९ बजेर ९ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर १० मिनेटदेखि बिहान १० बजेर ४० मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ४१ मिनेटदेखि बिहान १२ बजेर ११ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १२ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म रोग बेला ।
दिउँसो ४ बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४५ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर ४६ मिनेटदेखि बेलुकी ७ बजेर ४५ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ४ बजेर ४४ मिनेटदेखि बेलुकी ६ बजेर १५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ३२ मिनेटदेखि बिहान ५ बजेर २० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ । अध्ययन वा कामको सवालमा यात्रा हुनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानशिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले बिग्रने हुँदा अरु भन्दापछि परिनेछ । प्रेम प्रसंग टाडै रहनुहोला प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) आफ्नै बलबुताले व्यापार,उद्योग तथा शेयरमा लगानी गरी मनग्गे धन सम्पत्ति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पाइला चाल्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइहरुबाट बधाइको ओइरो आउनेछ । भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलाशी बस्तुको उपयोगमार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसंग रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डों) कुनै पनि कामलाई पुनः गर्नुपर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ, ध्यान दिनुहोला । रकम लागनी गर्नको लागि केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुनसक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावन रहेकोछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) व्यापार, उद्योग तथा शेयरको लगानीबाट आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) तपाईंको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ, ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मी हरुबाट नै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) पारिवारिक असमझ्दारीले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग विवाद बढ्ने योग रहेकोछ । काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापार, उद्योग तथा शेयरमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । बोलीको माध्ययमबाट राम्रा तथा परिणामूखि काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत संगीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसाय, शेयरबजारबाट प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
मकर (भो,जा,जि,जुु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सामान्य काममा अल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । र, पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने यात्राको योग रहेकोछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) व्यापार तथा शेयरबजारमा आज गरिने लगानीबाट धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिने तथा पहुच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतिहरुलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । पुराना कामहरु सम्पन्न हुने तथा राम्रो कमाई हुने हुँदा थप लगानी बढाउन सकिनेछ । प्रेम सम्बन्धहरुलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने सहमति जुट्नेछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकको भकुण्डे र नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा
-
क्यानडामा अचानक चुनावको घोषणा : व्यापार युद्ध र ट्रम्पको धम्कीको कस्तो पर्ला असर ?
-
युद्ध विराम गराउने अमेरिकी प्रयास : साउदी अरबमा रुस र युकेनका अधिकारीसँग छलफल
-
‘ज्ञानेन्द्रले निहुँ खोज्दा राजतन्त्र ढल्यो, फेरि फर्काउने दिवास्वप्न नदेखे हुन्छ’
-
फर्केर हेर्दा : लकडाउनको त्यो अत्यासलाग्दो समय (तस्बिरहरू)
-
राष्ट्रपतिको मुख्य प्रतिद्वन्द्वी थुनिएपछि टर्कीमा दसौँ हजार मानिस विरोध प्रदर्शनमा उत्रिए