विश्व नम्बर एक एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा
आइतबार, १० चैत २०८१, ०५ : १३

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा पुगेकी छन् । उनकी प्रतिद्वन्द्वी एलेना गाब्रिएला रुसे चोटग्रस्त भई बाहिरिएकी छन् । नाओमी ओसाका र कोको गफले भने जित निकालेका छन् ।
रोमानियाकी रुसे दोस्रो खेल पहिल्यै खुट्टाको चोटका कारण बाहिरिइन् । जहाँ सबालेन्काले पहिलो सेट ६-१ ले आफ्नो पक्षमा पारेकी थिईन् । जसले उनलाई अन्तिम १६ को यात्रा तय गरायो ।
जापानी ओसाकाले लगभग तीन घण्टा चलेको खेलमा अमेरिकी वाइल्ड कार्ड हेली बापटिस्टलाई हराईन् । विश्व वरिताको ९८ नम्बरकी बापटिस्ट निर्णायक तेस्रो सेटमा ४-३ ले सर्भिस गरिरहँदा ओसाकाले उत्कृष्ट पुनरागमन गरिन् ।
दुई घण्टा ५९ मिनेट ५७ सेकेण्ड चलेको म्याच ७-५ (८-६) ३-६ ६-४ को नतिजामा टुंगियो । यो टुर्नामेन्ट मध्ये कै सबैभन्दा लामो खेल थियो ।