सोमबार, ११ चैत २०८१
ताजा लोकप्रिय

इजरायलले हवाई आक्रमण गरेपछि लेबनानबाट रकेट प्रहार, बच्चासहित सात जना मारिए

आइतबार, १० चैत २०८१, ०४ : ५०
आइतबार, १० चैत २०८१

काठमाडौं । इजरायलले लेबनानमा हवाई आक्रणम गरेको छ भने जवाफमा लेबनानले इजरायलमा रकेट प्रहार भएका छन् । नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । 

इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित मिलिसिया तथा राजनीतिक समूह हिज्बुल्लाहका दर्जनौं रकेट लन्चर तथा कमाण्ड सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बच्चासहित सात जना मारिएका छन् भने ४० जना घाइते भएका छन् । लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् तर कसैले आक्रमणको जिम्मेवारी लिएका छैनन् । 

पहिलो आक्रमणको केही घण्टापछि रातमा दोस्रो लहर इजरायली सेनाको कमाण्ड सेन्टर, लेबनानको हतियार भण्डारण क्षेत्र लक्षित भएको बताइएको छ । उत्तरी शहर मेटुलामा तीन रकेटलाई रोकिएको इजरायली सेनाले जनाएको छ । यो आक्रणमा हिज्बुल्लाहले आफ्नो कुनै हात नरहेको र आफु युद्धविराममा प्रतिवद्ध रहेको प्रतिक्रिया दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप