आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

मेयर कप भलिबलको उपाधि षडानन्दलाई

आइतबार, १० चैत २०८१, ०० : १०
आइतबार, १० चैत २०८१

टक्सार । ‘दोस्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता’को उपाधि षडानन्द नगरपालिकाले जितेको छ । फाइनलमा षडानन्दले रामप्रसाद राई गाउँपालिकालाई ३–० सेटले पराजित गरेको हो । 

षडानन्दले पहिलो सेट २५-२३ अङ्कले, दोस्रो सेट २५-१७ अङ्कले तथा तेस्रो सेट २५-२२ अङ्कले जितेको हो । सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पराजित गर्दै षडानन्द नगरपालिका तथा भोजपुर नगरपालिकालाई हराउँदै रामप्रसाद राई गाउँपालिका फाइनलमा प्रवेश गरेका हुन् ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित उक्त प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार पुरस्कार प्राप्त गरे । यस्तै, तेस्रो र चौथो हुने टोलीले ३० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी षडानन्दका विष्णु बस्नेत घोषित भए । उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका रोमन बस्नेत, उत्कृष्ट सेटर रामप्रसाद राई गाउँपालिकाकै मनोज घिमिरे तथा उत्कृष्ट सर्भर षडानन्द नगरपालिका समिप श्रेष्ठ भए ।

आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितामा नेपाली सेनाको भोजपुरस्थित श्रीनयाँ श्रीनाथ गण, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप