१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. पर्सा सीडीओको एक्सन
पर्सामा एसइई परीक्षाको दोस्रो दिनको परीक्षामा मर्यादा विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कारबाहीको डन्डा चलाएको छ । जिल्ला प्रशासन कार्यालयले प्रहरी तथा केन्द्राध्यक्षसहित निरीक्षकहरूमाथि कारबाहीको डन्डा चलाएको हो ।
२. विश्व पानी दिवस
केही वर्षअघि काठमाडौँ उपत्यकामा काभ्रेपलान्चोकको पाँचखालाबाट ठुलो मात्रामा तरकारी ल्याइन्थ्यो । अहिले त्यो मात्रा घटेको छ । यसो हुनुमा त्यहाँको झिकु खोला सुक्नु नै मुख्य कारण देखिएको छ ।
३. कोशी प्रदेशमा स्ववियु
कोशी प्रदेशका ४९ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो र माओवादी निकट अखिल क्रान्तिकारी समग्रमा तेस्रो स्थानमा रह्यो ।
४. मोरङमा ब्युँझिएकै हो माओवादी ?
मोरङमा आफ्नो जनमत निरन्तर खस्किरहेको बेला माओवादीले २०८१ मङ्सिरमा सम्पन्न उपनिर्वाचन र २०८१ चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा भने सानदार उपस्थिति देखाएको छ ।
५. केनेडी हत्या
गत सोमबार अर्थात् १७ मार्च २०२५ का दिन अमेरिकी सरकारले पूर्वराष्ट्रपति जोन एफ। केनेडीको हत्यासँग सम्बन्धित अतिगोप्य दस्ताबेजहरू सार्वजनिक गरेको छ । ६२ वर्ष अघि भएको उक्त हत्याकाण्डबारे आज पर्यन्त विविध अड्कलबाजी हुने गरेका छन् ।
६. विभेद
सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारलाई विस्थापित गरेको घटनामा पीडित परिवारले जातीय भेदभावविरुद्ध जाहेरी दर्ता गराएका छन् ।
७. पार्टी एकता
जनमत पार्टीका अध्यक्ष डा।सीके राउत र नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिकी नेतृ मानुषी यमी भट्टराईले नागरिक जनमुक्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पुगेर पार्टी एकताका लागि शुभकामना दिएका छन् । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक शुक्रवारदेखि सुरु भएको छ ।
८. फोटोफिचर
९. पहिलो प्रस्रव
‘मान्छेहरूले मनका भावनालाई कम्प्युटरमा पो कसरी टाइप गर्छन् होला ? टाइप गरिरहँदा भावनाहरू लुक्ने पो हुन् कि भन्ने लाग्छ मलाई त,’ आख्यानकार भागीरथी श्रेष्ठ आफ्नो हस्तलिपिमा विश्वास गर्छिन् । विज्ञान र प्रविधिको विकासले मानिसलाई कतै यान्त्रिक र भावनाहीन त बनाउँदै छैन रु भागीरथीलाई यस्तै शंका छ सायद ।
१०. स्वास्थ्य
११. मनोरञ्जन
१२. शनिबार विशेष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद