पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा आज दिउँसोदेखि हिमपात भइरहेको छ । दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिमपात भइसकेको छ । हिमपातपछि यहाँ केही चिसो बढेको उनले बताए । ‘जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ । वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसान खुसी भएका छन्’, उनले भने ।
यसैबिच, आज मात्रै पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन् । पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
पाथीभरामा विशेष गरी वडादसैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’