आईपीएल २०२५ : पहिलो खेलमा बैंगलुरुसामु जितका लागि १ सय ७५ रनको लक्ष्य

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा साबिक विजेता कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरु सामु जितका लागि १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको हो । खेलमा टोलीको सुरुवात राम्रो हुन सकेन । पहिलो ओभरमा नै क्विन्टन डी कक ४ रन बनाउँदै पभेलियन फर्कन बाध्य भए ।
त्यसपछि सुनिल नरेन र कप्तान अजिंक्या रहानेले तीव्र गतिमा शतकीय साझेदारी गर्दै टोलीलाई अघि बढाए । दुई जनाले मात्र ५५ बलमा १ सय ३ रन जोडे । रहानलेले ३१ बलमा ५६ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरे । नरेनले २६ बलमा ४४ रनको योगदान दिए ।
उनले ५ चौका र ३ छक्का हिर्काए । दुई खेलाडी आउट भएपछि भने कोलकाताले लय गुमायो । अंगक्रिस रघुवंशीले २२ बलमा ३० रन बनाउनुबाहेक अन्य खेलाडीले खासै ठुलो योगदान दिन सकेनन् । रिंकु सिंह मात्र १२ रन बनाएर पभेलियन फर्किए ।
बैंगलुरुका लागि क्रुनाल पाण्ड्याले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले किफायती बलिङ गर्दै २ विकेट लिए । यश दयाल, रसिख सलाम र सुयश शर्माले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबिच भगिनी सम्बन्ध कायम
-
विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन
-
अख्तियारले स्टिङ अपरेसन गर्न पाउने व्यवस्था ब्युँतियो
-
देउवालाई शाहीको गम्भीर आरोपः बीपीको सिद्धान्त बेचेर खानुभएछ !
-
३ सयभन्दा बढी कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न, कहाँ कसले जिते ?
-
नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु