तेश्रो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ को उपाधि अनिशलाई

भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।
थापा मगरले रु तीन लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी नेपाली सेनामा कार्यरत सुशिलकुमार शाही दोस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरेर रु दुई लाख ५० हजार हात पारे ।
केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर रु एक लाख ५० हजार पुरस्कार जिते । यसैगरी महिला सहभागीलाई आधा दूरीको म्याराथन गराइएको थियो । हाफ म्याराथनमा पनि नेपाली धावकले वर्चस्व जमाए ।
यसमा २१ किमी हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । उनले उक्त दूरी एक घण्टा २० मिनेट पाँच सकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
यस्तै, नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दूरी पार गरेर दोस्रो भइन् । उनले रु एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै, चीनकै चेन विइले दुई घण्टा २६ समेण्डमा उक्त दूरी पार गरेर तेस्रो भई रु ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
म्याराथनमा पुरुषतर्फ १० औँ स्थानसम्म आउने र महिलातर्फ छैठौँ स्थानतर्फ आउनेलाई पुरस्कार दिइएको थियो । म्याराथन अन्तर्गत पाँच किलोमिटरको खुल्ला दौड र पाँच किलोमिटरकै विद्यालयका छात्रछात्राको दौडसमेत आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा ४३० भन्दा बढी सहभागी भएका थिए ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस सडकमा शक्ति प्रदर्शनको पक्ष र विपक्षमा नउभिने, संविधानको पक्षमा दृृढ रहने
-
बिल नै नकाटी मदिरा बिक्री, राजश्व अनुसन्धानद्वारा साढे ५ करोडको मुद्दा
-
सट्टेबाजीमा हारेपछि आफ्नै घरबेटीलाई धम्क्याएर मागे रकम
-
बाँकेमा ट्याङ्करले ठक्कर दिँदा दुई बालकको मृत्युः प्रहरी चौकीमा आगजनी
-
पार्टी प्यालेससहित विभिन्न स्थानमा चोरी गर्ने व्यक्तिहरू पक्राउ
-
आखिर के चाहन्छन् आजका नारी ?