गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु
शनिबार, ०९ चैत २०८१, २१ : १३

तेल अभिभ । गाजा पट्टीमा गएको ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको छ भने २६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार बताएका छन् ।
सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन–इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ भने घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको छ ।
विज्ञप्तिमा धेरै पीडितहरू भग्नावशेषमा फसेका र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको उल्लेख गरिएको छ । स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन् ।
जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम भङ्ग भएपछि इजरायलले मङ्गलबार गाजामा पुनः आक्रमण सुरु गरेसँगै इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेशन सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ