आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपा प्रवक्ताको आक्रोश : जनताको तागत नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?

शनिबार, ०९ चैत २०८१, २१ : ०६
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै आएको दल राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ? हो भन्दै प्रश्न गरेका छन् ।

 शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विगतमा  षडयन्त्रमूलक ढंगबाट चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्ने काम भएको समेत दाबी गरे । यसरी राजसंस्था अन्त्य गर्न संलग्न केही व्यक्तिहरूको छटपटी केही दिन यता हेरिनसक्नुको भएको उनको भनाइ छ । 

‘०६३ वैशाख ११ गते राजा र राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुनः स्थापित भयो, सहमति हॅँदैगर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन । ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्विकार गरिएको थियो’, उनको दाबी छ । 

तर, तत्कालीन राजासँग भएको सहमति विपरीत राजसंस्थालाई पाखा लगाउने काम भएको दाबी गर्दै उनले यस कार्य कसको इसारामा भयो भन्दै  प्रश्न गरे । 

०५९ मा शेरबहादुर देउवाले विघटन गरेको प्रतिनिधिसभा ०६३ मा पुनः स्थापित हुनसक्यो भने षडयन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पनि पुनर्स्थापित हुनसक्ने उनले जिकिर गरे । अब इतिहासले यस विषयको हिसाब खोज्ने समेत उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप