सूर्यको फाइफर, कोशीको खराब प्रदर्शन जारी

लमही । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा कोशी प्रदेशले छैटौँ हार बेहोरेको छ । शनिबार भएको खेलमा कोशी बागमती प्रदेशसँग १ सय ३१ रनको विशालअन्तरले पराजित भएको हो ।
बागमतीले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको कोशीले २५.३ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । टोलीका लागि ऐस भट्टराईले सर्वाधिक ३७ रनको योगदान दिए । सुजन थपलियाले २५ तथा फिरदोस अन्सारीले २४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीलाई सस्तोमा समेट्न सूर्य तामाङले घातक बलिङ गरे । उनले ९ ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए । रिजन ढकालले ३ विकेट तथा साकार गजुरेलले २ विकेट हात पारे ।
यसअघि, पहिले ब्याटिङ गरेको बागमतीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । टोलीका लागि शुभ कंसकारले सर्वाधिक ३९ रनको योगदान दिएका थिए । ओपनर अशुतोष घिरइयाले २९ रन, ईशान पाण्डे र सौरभ शखाकर्मीले २५–२५ रन तथा पृथु बास्कोटाले २४ रन जोडे ।
कोशीका लागि प्रकाश कार्की र सुजन थपलियाले २–२ विकेट लिए । फिरदोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दीपेश कँडेलले १–१ विकेट लिए । ७ खेलबाट २ अंक बटुलेको कोशी अंक तालिकाको पुछारमा रहेको छ । बागमतीले भने ७ खेलबाट ६ अंक जोडेको छ । टोली छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीआरसीमा अन्योल : राज्य नै गैरजिम्मेवार भएपछि के लाग्छ ?
-
कांग्रेसले विधानको सर्वोच्चता भूल्यो भने निरंकुशताको विरोध गर्ने हक गुमाउँछः केसी
-
नेपथ्यको एडिलेड कन्सर्टमा दर्शकको भव्य सहभागिता
-
प्रचण्ड सोमबार काठमाडौँ फर्किने
-
अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूत भन्छन्– ‘कुनै पछुतो छैन’
-
अभिनय, छायाङ्कन र निर्माण सिकाउँदै सकियो तेस्रो कर्णाली चलचित्र कार्यशाला