मोटरसाइकल दुर्घटनामा वाईसिएल दोलखाका अध्यक्ष गम्भीर घाइते

दोलखा । वाईसिएल दोलखाका अध्यक्ष विनोद लामा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । शनिवार दोलखाको उत्तरी क्षेत्र सिंगटीमा मोटरसाइकल दुर्घटना हुँदा अध्यक्ष लामा गम्भीर घाइते भएका हुन् ।
दोलखाको बिगु गाउँपालिका– ४ सिंगटी निवासी लामा सिंगटीबाट चरिकोटतर्फ मोटरसाइकलमा आउँदै गर्दा खोलिखिम आसपास दुर्घटनामा परेका थिए ।
घाइते लामाको दोलखास्थित धुलिखेल अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत् काठमाडौँ रिफर गरिएको छ । उनको काठमाडौँस्थित न्युरो अस्पतालमा उपचार भइरहेको नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ ।
चरिकोटबाट सिंगटी जाँदै गरेको ६३८४ नम्बरको मोटरसाइकल र लामा सवार ८४१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा अर्का मोटरसाइकल चालक गौरीशंकर गाउँपालिका–८ खारे निवासी २५ वर्षीय दिलु तामाङ पनि घाइते भएका छन् । उनको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीआरसीमा अन्योल : राज्य नै गैरजिम्मेवार भएपछि के लाग्छ ?
-
कांग्रेसले विधानको सर्वोच्चता भूल्यो भने निरंकुशताको विरोध गर्ने हक गुमाउँछः केसी
-
नेपथ्यको एडिलेड कन्सर्टमा दर्शकको भव्य सहभागिता
-
प्रचण्ड सोमबार काठमाडौँ फर्किने
-
अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूत भन्छन्– ‘कुनै पछुतो छैन’
-
अभिनय, छायाङ्कन र निर्माण सिकाउँदै सकियो तेस्रो कर्णाली चलचित्र कार्यशाला