आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

इजरायली हवाई आक्रमणको लेबनानी राष्ट्रपतिद्वारा निन्दा

शनिबार, ०९ चैत २०८१, १९ : ३९
शनिबार, ०९ चैत २०८१

बेरुत । लेबनानका राष्ट्रपति जोसेफ औनले शनिबार दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन् । सो आक्रमणमा दुई जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । 

लेबनानको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी व्यापक द्वन्द्व निम्त्याएको आरोप लगाइएको छ । राष्ट्रपति औनले ‘लेबनानमा जारी आक्रमण’ भनेर वर्णन गर्नुका साथै तिनीहरूले लेबनानलाई फेरि एक पटक हिंसाको चक्रमा धकेल्ने प्रयास गरेको बताएका छन् । 

उनले इजरायल र हिजबुल्लाह बीच सन् २०२४ सम्ममा अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको निरीक्षण गर्ने पाँच सदस्यीय समितिलगायत लेबनानी अधिकारीलाई थप नतिजाहरू रोक्नका लागि  ‘अत्यन्त गम्भीरता’का साथ सम्बोधन गर्न आग्रह गरेका छन् ।

राष्ट्रपतिले लेबनानको ‘‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गर्दै सर्वसाधारणको सुरक्षा र आक्रमणको अनुसन्धान गर्न सेना कमाण्डर रोडोल्फ ह्याकललाई निर्देशनसमेत दिएका छन् । 

लेबनानमा संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल ९युनिफिल० ले हिंसाप्रति चिन्ता व्यक्त गरेको छ ।

“हामी सबै पक्षहरूलाई कमजोर स्थिरतालाई जोखिममा पार्न सक्ने कार्यहरूबाट टाढा रहन जोडदार आग्रह गर्दछौं,” प्रवक्ता एन्ड्रिया टेनेन्टीले बताउनुभयो । साथै, युनिफिलले तनाव कम गर्न शान्ति सेनाले गस्ती गरिरहेको बताएको छ ।

युद्धविरामले विवादित लेबनानी क्षेत्रबाट इजरायली सेना फिर्ता हुने कुरा तोकेको थियो, तर इजरायली सेनाले फेब्रुअरी १८ को समयसीमा पछि पनि सीमा चौकीहरू कब्जा गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?