वैकल्पिक सडकको विकासलाई प्राथमिकता दिने मन्त्री दाहालको प्रतिबद्धता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गहरु अबरुद्ध हुन नदिन वैकल्पिक सडकको विकास र विस्तार गरिने बताएका छन् ।
शनिबार ललितपुरका विभिन्न ग्रामिण क्षेत्रका सडकहरुको निरीक्षणका लागि पुगेका उनले वैकल्पिक सडकको विकास र विस्तार गरि ग्रामिण क्षेत्रमा सडकको पहुँच स्थापित गर्ने बताए ।
महाङ्काल गाउँपालिका कार्यालयमा आयोजित अन्तरक्रियामा उनले वैकल्पिक सडकको विकास र विस्तारले ग्रामिण क्षेत्रमा सडक सञ्जाल स्थापित हुनुका साथै राष्ट्रिय राजमार्गको विकल्प समेत तयार हुने बताए ।
जनप्रतिनिधि एवम् स्थानीयबासीले राखेको लेले–चन्दनपुर–फापरवारी सडक निर्माण र विस्तारको मागलाई संवोधन गर्दै उनले पूर्वी नेपाल र संघीय राजधानीलाई जोड्न यो सडक नयाँ विकल्प हुनसक्ने भएकाले आवश्यक अध्ययन गरिने बताए । उक्त सडकको सम्भाव्यता अध्ययन गर्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेलाई निर्देशन समेत दिए ।
भेटमा पूर्व सांसद नवराज सिलवालले सो सडक खण्डलाई चतरा–धरान सडकमा जोड्न सके पूर्वी नेपाल जोड्ने वैकल्पिक रुट तयार हुने बताए । उनले ललितपुरको दक्षिणी क्षेत्र संघीय राजधानी भित्र भएर पनि दुर्गम रहेको भन्दै उक्त सडक विस्तारले स्थानीयको आर्थिक विकासमा समेत सहयोग पुग्ने बताए ।
यस्तै एमाले केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य लगायतले लेले–चन्दनपुर–फापरवारी सडकलाई वीपी राजमार्ग तथा पूर्वी तराईसँग जोड्न जरुरी रहेकोमा जोड दिए ।
यसैगरि महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, कोन्ज्योस्याङ् गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले दक्षिणी ललितपुरलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न माग गरेका थिए । सो क्षेत्रमा प्रदेश सरकार मार्फत सडक निर्माणको काम भई रहे पनि पर्याप्त नहुने भएकाले संघीय सरकारले नै प्राथमिकतामा राख्नु पर्नेमा उनीहरूले जोड दिए ।
मन्त्री दाहालले सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख गोपाल खकुरेल, विभागका ईन्जिनियर प्रमोद खतिवडा एवम् प्राविधिकहरुको टोली सहित ग्रामिण सडकहरुको निरीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन विराटनगरमा सुरु
-
कांग्रेस कार्यसम्पादन समिति बैठक सुरु
-
शीतलनिवास पुगे प्रधानमन्त्री, वार्षिक प्रतिवेदन पेस
-
न्युजिल्यान्डसामु निरीह बन्यो पाकिस्तान, शृङ्खला पनि गुमायो
-
तेस्रो एमआरसिपी युके पेसेस परीक्षा नेपाल मेडिसिटीमा सम्पन्न
-
अक्टोबर ७ को हमलापछि बढ्यो मिलिट्री ट्रेन्ड कुकुरको माग