आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

शनिबारदेखि पोखरामा ‘समानान्तर निटफेस्ट’

शनिबार, ०९ चैत २०८१, १८ : ३४
शनिबार, ०९ चैत २०८१

काठमाडौं । बुधबारदेखि काठमाडौंमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (नेटफिस्ट)को समानान्तर महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । निटफिस्टको पहलमा पोखराको गन्धर्व थिएटर गैह्रापाटनमा आयोजना भएको महोत्सव १३ गतेसम्म चल्नेछ ।

पोखरा थिएटर आयोजक रहेको महोत्सवमा ५ देशका ६ नाटक मञ्चन हुँदैछन् । नेपाललगायत चीन, जापान, ट्युनिसिया र नर्वे नेपालको संयुक्त प्रस्तुतिमा तयार नाटकहरु देखाइने महोत्सवमा सांस्कृतिक झाँकी, सांस्कृतिक परेड, कार्यशाला र अन्तक्रियात्मक गतिविधिसमेत समेटिने पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए । निटफेस्ट र पोखरा थिएटरबीच पहिलो संस्करणदेखि नै सहकार्य सुरु भएको थियो ।

महोत्सवमा निटफेस्ट काठमाडौंमा प्रदर्शन हुने केही विदेशी नाटकहरु पोखरा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि मञ्चन हुनेछन् । निर्देशक परिवर्तनले भने, यो महोत्सव निटफेस्टकै प्रस्तावमा आयोजना गर्ने पहल गरेका हौं । काठमाडौंबाट निटफेस्ट आयोजकले विदेशी नाटकहरु पोखरा ल्याउने संयोजन गरिको र त्यसमा आफ्नै पहलमा यताका केही नेपाली नाटकहरु थपेको परिवर्तनको भनाई छ ।

महोत्सवका संयोजक केदार श्रेष्ठले भने, निटफेस्टले काठमाडौँ बाहिरका रंगकर्मीहरुसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास निटफेस्टको पहिलो संस्करणदेखि नै सुरु गरेको थियो । त्यसलाई दोस्रो संस्करणमा निरन्तरता दिन नसकिए पनि तेस्रो संस्करणमा फेरि काठमाडौँ बाहिर समानान्तर रुपमा महोत्सव अघि बढाएका हौं ।

यस पटक निटफेस्टले पोखरासँगै चितवन र बेलबारीका स्थानीय आयोजकहरुसँग सहकार्य गरी तीन सहरमा समानान्तर निटफेस्ट गर्न लागेकोसमेत उनले बताए। काठमाडौंमा जारी निटफेस्टको आज चौथो दिन हो । मण्डला थिएटरमा जारी महोत्सवमा आज इरानको एन्टिगोनी, लुथियाना र स्पेनको अराइभ्ड र चीनको चार्मिङ जिन्जु अ मञ्चन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?