राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान

काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ।
मतदान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको संघका वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए ।
निर्वाचन मार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भुगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्य बाहेक अरु पदमा निर्विरोध भैसकेको छ।
अध्यक्ष पदमा माधव चम्लागाई, विकास थापा र कल्पना खड्का उम्मेदवार बनेका छन् ।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुई जना, महामन्त्री खुल्ला दुई जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ । बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन ।
यसमध्ये मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भौसकेका छन । खुलातर्फ ३ महिला सदस्य पनि निर्विरोध भैसकेका छन भने फरक वर्गतर्फबाट ७ जना निर्विरोध भैसकेको पन्तले जानकारी दिए ।
संघको महाधिवेशन शुक्रबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी छ । महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयनसमेत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर एकजनाको मृत्यु
-
दश स्टेसनभरिको मोह
-
ओटीटी प्ले अवार्ड २०२५ : काजलले पाइन् उत्कृष्ट अभिनेत्रीको अवार्ड
-
स्वास्थ्य परीक्षणलाई डिजिटललाइजमा लैजाने श्रम मन्त्रालयको तयारी
-
असफलता राम्रो चिज हो, यसले सफलताभन्दा बढी कुरा सिकाउँछ– सुनिता विलियम्स
-
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा