आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेटः बागमतीले कोशीलाई हरायो

शनिबार, ०९ चैत २०८१, १७ : २३
शनिबार, ०९ चैत २०८१

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । 

दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले कोशीलाई १ सय ३१ रनले पराजित गरेको हो । 

२ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५ दशमलव ३ ओभरमा १ सय ९ रनमा समेटियो । कोशीका लागि अइस भट्टराईले सर्वाधिक ३७ रन जोडे ।

बागमतीका लागि सूर्य तामाङले ५ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९ दशमलव ३ ओभरमा २ सय ४० रनको योगफलमा समेटियो ।

बागमतीका लागि शुभ कंसाकारले सर्वाधिक ३९ रन जोडे । जितसँगै बागमती ६ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ भने कोशी २ अंकका साथ तालिकाको पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?