आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर दुई जनाको मृत्यु

शनिबार, ०९ चैत २०८१, १६ : ५२
शनिबार, ०९ चैत २०८१

काठमाडौँ । चितवन र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारस्थित आयुष्मा मोटर वोड कम्पनी प्रालिमा काम गर्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ बस्ने ५५ वर्षीय कुल पौडेलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । बत्ती बाल्नको लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

यता रुपन्देहीको सैनामैना नगरपालिका-४ कुस्मा बस्ने ३२ वर्षीय जित बहादुर थारूको करेन्ट लागेर शुक्रबार बेलुकी मृत्यु भएको छ । आफ्नो घरमा विद्युत्को लाईन नआएपछि विद्युत्को तार चेक गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?