चीनको छोङसिङमा सेल्स मिसन आयोजना
शनिबार, ०९ चैत २०८१, १६ : २४

चीन । नेपाल पर्यटन बोर्डले चीनको छोङसिङमा सेल्स मिसन आयोजना गरेको छ । मिसनमा दुवै देशका पर्यटन व्यवसायी र टुर गाइडहरू सहभागी थिए ।
पोखराबाट छेन्दुमा औपचारिक चार्टर उडान भएको अवसरमा बोर्डले छोङसिङ र छेन्दुमा सेल्स मिसन आयोजना गरेको बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरिएको छ । यो वर्ष सिचुआन प्रान्तबाट मात्रै ५ लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य लिइएको छ ।
पोखरामा वर्षभरि आन्तरिक र बाह्य गरी २० लाख पर्यटक भित्र्याउने महानगरले जनाएको छ । यसअघि छेन्दुमा सेल्स मिसन आयोजना गरिएको थियो ।