मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय

काठमाडौँ । गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण गीतमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर छ ।
गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन् । समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् ।
गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरू गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।
गजलकार मजगैयाँका यस अघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शौचालय सफा गर्ने र झाडु लगाउने स्ववियु होइन, रचनात्मक हुनुपर्छ’
-
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
सनराइजर्स हैदराबादलाई उसैको घरेलु मैदानमा राजस्थान रोयल्सको चुनौती
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सीमापारी पर्यटन सेल्स मिसन, पर्यटन व्यवसायी उत्साही