कृषिमा आयात प्रतिस्थापन गर्न यान्त्रिकीकरणमा जोड दिँदैछौँ– मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकार कृषिको यान्त्रिकीकरणमा जोड दिइरहेको बताएका छन् ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को नवौँ वार्षिक साधारणसभामा मन्त्री अधिकारीले कृषिको आयात प्रतिस्थापनका लागि कृषिको आधुनिकीकरण तथा व्यवसायिकीकरणमा सरकार योजनाबद्ध तरिकारले अगाडि बढेका बताए ।
‘देश हरेक कुरामा परनिर्भर छ, आत्मनिर्भर हुन कृषिको विकास आवश्यक छ,’ उनले भने, ‘कृषिमा चाहेजति बजेट नभएकै कारण सोचेजस्तो काम गर्न सकिएको छैन ।’
त्यसअघि आफ्नो धारणा राखेका नेपाल वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले काम गरेजस्तो देखाए पनि त्यसको परिणाम नदेखिएको बताए । ‘प्रधानमन्त्री, कृषि मन्त्री, कृषि सचिवले काम गरेको देखाइरहेका हुन्छन् तर त्यसको नतिजा सकारात्मक देखिएको छैन,’ उनले भने, ‘सरकारले काम गर्न आफ्नो एटिच्युड ठिक हुनुपर्छ ।’
अर्थतन्त्रको मेरुदण्ड कृषि रहेको र यसलाई व्यावसायिक रूपले बढाउन निजी क्षेत्रले सरकारलाई सघाउने उनले बताए ।
कार्यक्रममा कृषि पत्रकार सुनिता सिटौला र गोपाल आलेमगरलाई सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीको परिपत्र
-
एनसेलले ल्यायो ‘सधैँ अन १७९९ रोमिङ’ प्याक, उपचारको समेत सुविधा
-
दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा
-
१७औँ धर्मश्रीको उपाधि उमेश राईको पोल्टामा, उचाले ११ किलोको ट्रफी
-
पञ्चायत हल्लाउने त्यो स्ववियु, अहिले राजनीतिक दलको कारिन्दा
-
‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’