पुर्खाको थलो गोरखा आउन पाउँदा निकै खुसी लाग्यो : पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाको थलो गोरखा आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताएका छन् । शनिवार गोरखाको गोरखकाली मन्दिर पूजाअर्चना पुगेका बेला सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।
पूर्वराजा शाहले भने, ‘गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो। सबैलाई भेट्दा पनि खुसी लागेको छ।’
उनले अहिले देशमा शान्ति चाहिएको बताउँदै कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए । पूर्वराजा शाहले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’
पूर्वराजा शाह मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पूजाअर्चना गर्न गोरखा पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?