जनमत पार्टी सांसदका श्रीमान् नै जसपा नेपाल प्रवेश
शनिबार, ०९ चैत २०८१, १५ : ०६

काठमाडौँ । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट लुम्बनी प्रदेश सांसद सीता गुरुङका श्रीमान् जसपा नेपाल प्रवेश गरेका छन् ।
कैलाश गुरुङ आज (शनिबार) उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल प्रवेश गरेका हुन् ।
जसपा नेपालले आज लुम्बनी प्रदेशको भैरहवामा आयोजना गरेको कार्यक्रममा गुरुङ जसपा नेपाल प्रवेश गरेका हुन् ।
गुरुङसँगै जनमतका अर्का केन्द्रीय सदस्य निलम यादव पनि जसपा नेपाल प्रवेश गरिन् । उनीहरूको नेतृत्वमा अन्य पार्टीका नेताहरू पनि आफ्नो पार्टीमा प्रवेश गरेका जसपा नेपालका महासचिव रामकुमार शर्माले जानकारी दिए ।
नवप्रवेशीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।